संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा जारी प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा साइनो स्पोर्ट्स क्लब रानी, मोरङ अन्तिम चारमा पुगेको छ । विराटनगरको जुट मिल्सको खेलमैदानमा आज भएको खेलमा साइनोले गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले पराजित गर्यो । जितसँगै साइनोले चैत १० गते हुने धरान सिटी फुटबल एकेडेमी सुनसरी र शताक्षधीमा स्पोर्ट्स क्बल झापाको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिनको खेलको सुरूवातमा एकपक्षीय खेल पस्किएको साइनोले खेल सुरू भएको ८ औं मिनेटमा गिलसन कन्दङबाले गोल गरि खाता खोल्न सफल भए । कैलास बस्नेतले मिलाइदिएको क्रस पासमा गिलसनले सानदार गोल गरेका थिए । खेलको पहिलो हापसम्म दबाबमा राखेको साइनोले पहिलो गोल गरेको ६ मिनेट बित्न नपाउँदै साइनोका गिलसनले पुनः १५ मिनेटमा दोस्रो गोल गरि टिमलाई अग्रता दिलाए ।

सुशन तामाङ्गले निकालेको पास गिलसनले वान भर्सेस वान प्रहार गर्दा जाली चुम्यो । साइनोले दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै खेलको १८ औं मिनेटमा गाइघाटका रविशंकर चौधरीले डिवक्स भित्रदेखि गरेको प्रहार गोलमा परिणत भयो । पहिलो हाफसम्म २–१ गोलले साइनकोले अग्रता कायम गर्यो ।

दोस्रो हाफदेखि प्रर्दशन सुधारेको गाइघाटले गोल गर्ने सुन्दर अवसरहरू खेर फाल्दा पराजित भयो । गाइघाटले खेलअवधी भरी सान्तवना एक मात्र गोल गर्यो । खेलको अन्तिममा गाइघाटका खेलाडी समालिन नसक्दाको फाइदा उठाउँदै साइनोका जीवन धामीले ८० औं मिनेटमा डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत हुँदा टिमको जित सुनिश्चित भयो ।

खेलको म्यान अफ दी म्याच साइनोका गिलिसिन कन्दङबा घोषित भए । उनले नगद पाँच हजार पाएका छन् । भोलिको खेल १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र एलेभेन एरोज क्बल दुहबी सुनसरीबीच हुनेछ । चैत १४ गतेसम्म हुने प्रतियोगितामा प्रदेशभरका ८ टिम सहभागि रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँका साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँ पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!