- संगालोखबर सम्वाददाता

काठमाडौं । बंगलादेशलाई पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । काठमाडौंको दशरथ रंगशालामा आज भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

जितसँगै नेपाली फुटबल इतिहासमा अर्को सफलता थपिएको छ । नेपालले आफ्नो भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि हो । नेपालले यसअघि सन् १९८४ मा दक्षिण एसियाली खेलकुदको पुरुषतर्फ स्वर्ण जितेको थियो । त्यसको ३७ वर्षपछि अर्को उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो पाँचौं उपाधि हो ।

नेपाललाई उपाधि दिलाउँन १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो । प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!