संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका उप–मेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा शहिदभूमिलाई २५–१८, २५–६ र २५–२३ को सोझो सेटले पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

उपाधिसँगै धनकुटाले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता शहिदभूमिले २० हजार नगदमा चित्त बुझाएको छ । धनकुटाकी शान्ता राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । त्यस्तै धनकुटाकै प्रमिका राई बेष्ट सेभर, हेमिना राई बेष्ट स्पाइकर र शहिदभूमिकी जानुका राई बेष्ट डिफेन्स घोषित भइन् । यता साँगुरीगढी–७ आस्कोट अनुशासित टिम बन्दै पुरस्कृत भयो ।

विजेता र उप–विजेतालाई धनकुटा नगरपालिकाका उप–मेयर शकुन्तला बस्नेत, शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नेश्वरी राईले पुरस्कार प्रदान गरेका छन् । त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, जिल्ला भलिबल संघका अध्यक्ष गौरव कार्की, उपाध्यक्ष गणेश पाण्डे, सह–सचिव रबिन लिम्बू, कोषाध्यक्ष दिनेश सुवेदी लगायतले पुरस्कृत गरेका छन् । सोही अवसरमा भलिबल खेलको विकासमा योगदान पुर्याएको भन्दै जिल्ला भलिबल संघको तर्फबाट रेफ्री विनय राईलाई सम्मानसमेत गरिएको छ ।

धनकुटा नगरपालिकाको सहयोगमा जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि ९ टिमबिच प्रतिष्पर्धा भएको आयोजक जिल्ला भलिबल संघका सचिव टेक बहादुर सुन्दासले जानकारी दिए ।

थप तस्बीरहरु…

तस्बीर: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!