संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको राजारानीमा जारी दोस्रो चौविसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधिका लागि राजारानी र मुढेवास भिड्ने भएका छन् । शुक्रबार भएका सेमिफाइनल खेलमा बिजयी बन्दै राजारानी र मुढेवासले फाइनलको यात्रा तय गरेका हुन् ।

Advertisement

मौनावुधुकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै राजारानी फाइनल पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आशिष लिम्बु, दिल लिम्बु, शुसिल लिम्बु र खेम बिकले गोल गर्दै राजारानीलाई उपाधि नजिक पुर्याएका हुन् । मौनाबुधुकका लागि शंकर लिम्बु र सूर्य लिम्बुले गोल गरेका थिए ।

यता, बसन्तटारलाई १–० गोलले हराउँदै मुढेबासले राजारानीसँगको उपाधि भिडन्त पक्का गरेको हो । खेलको ४३ औं मिनेटमा रोशन खुलाल मगरले गरेको एक मात्र गोल नै मुढेवासका लागि फाइनल पुग्न पर्याप्त भयो । राजारानीका रविन लिम्बु पहिलो सेमिफाइनल र रोशन खुलाल मगर दोस्रो सेमिफाइनल खेलको म्यान अफ दी म्याच घोषित भए ।

अब, उपाधिका लागि शनिवार राजारानी र मुढेवासबीच फाइनल खेल हुँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!