संगालोखबर सम्वाददाता

धनकुटा । राजारानीले दोस्रो चौविसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा मुढेवासलाई ३–० गोलले पराजित गर्दै राजारानीले उपाधि जितेको हो ।

Advertisement

राजारानीलाई उपाधि दिलाउँन खेमराज विक, दिलकुमार लिम्बू र यौमन लिम्बूले समान एक/एक गोल गरे । खेलको २३ औं मिनेटमा खेमराजले पहिलो गोल गर्दै राजारानीको खाता खोलेका थिए । ३२ औं मिनेटमा दिलकुमारले पुनः गोल थप्दै टिमलाई २–० को अग्रता दिलाए । यौमनले खेलको ४१ औं मिनेटमा गरेको गोल नै राजारानीलाई उपाधिका लागि पर्याप्त रह्यो ।

उपाधिसँगै राजारानीले ५५ हजार नगद पुरस्कार पाएको छ भने उप–विजेता मुढेवासले ३५ हजारमा चित्त बुझाएको छ । शनिवार नै भएको खेलमा बसन्तटारलाई ३–० गोलले पराजित गर्दै तृतीय बनेको मौनावुधुकले २० हजार नगद पुरस्कार पाएको छ । प्रतियोगितामा राजारानीका रबिन लिम्बू सर्वोत्कृष्ट खेलाडी र राजारानीकै आशिस चेम्जोङ सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भएको प्रतियोगिता व्यवस्थापक टिम रारा फुटबल क्लवका सचिव युवराज कटुवालले जानकारी दिए ।

संविधान सभा सदस्य टिकाराम चेम्जोङ, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् । रारा फुटबल क्लवको व्यवस्थापनमा चौविसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि चौविसे गाउँपालिका क्षेत्रका ८ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!