- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा चैत २६ गतेदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता हुँने भएको छ । आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर चैत २६ देखि बैशाख ४ गतेसम्म प्रतियोगिताको छैठौं संस्करण गर्न लागिएको जानकारी दिएको हो ।

Advertisement

स्थानीय सहिद रङ्गशालामा राती प्रतियोगिता सञ्चालन हुँनेछ । प्रदेश सरकारले रङ्गशालामा फर्डलाईट जडान गरेकाले बिराटनगरमा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता गर्न लागिएको आयोजक ट्रष्टका संयोजक मनोजबिक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल, भारत र क्यामरूनका दस टिम सहभागी हुनेछन् । क्यामरूनको अफ्रिकन रुट्स एसोसियसन टिम र झारखण्डको टाटा एकेडेमीले पहिलोपटक विराट गोल्डकप खेल्ने भएका हुन् । यस्तै भारतको पुलिस पञ्जाव, नेपालबाट ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, विभागीय टोलीद्वय नेपाल पुलिस क्लब, सशस्त्रको एपिएफ क्लब पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

यसैगरी मनाङ मर्स्याङ्दी क्लब, गोर्खा ब्वाइज, रुपन्देही र विराटनगर ११ पनि प्रतियोगितामा सहभागि हुने बताइएको छ । प्रतियोगिताको विजेताले १५ लाख १५ हजार र उपविजेताले सात लाख ५१ हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ । हरेक प्रतियोगिताका ‘म्यान अफ द म्याच’ ले पनि १५ हजार नगद पुरस्कार पाउँनेछन् ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई मोटरसाईकलसहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापकसमेतलाई २५–२५ हजार नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको हरेक दिनको खेल हेर्न चाहनेहरुका लागि दैनिक टिकटका साथै २ हजार रुपैयाँको सिजनल टिकटको व्यवस्थासमेत गरिएको छ । खेल हेर्न आउने दर्शकको सुरक्षाका लागि रङ्गशाला आसपास क्षेत्रमा ३५ वटा सीसीटीभी क्यामेरा जडान भइरहेको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!