सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो ।
हिजो साँझ अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइटमा काम सकेर फर्किने क्रममा एचपी ११-४९३३ नम्बरको भल्भो टिपर दुर्घटना भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय योगे...































