झापामा फरक-फरक सवारी दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । झापामा फरक-फरक स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको मेचीनगर नगरपालिका-१० स्थित भित्री सडक खण्डमा प्र १-०१-००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सफारी चालक मेचिनगर-११ का ३२ वर्षीय राज कररियाको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै मेचिनगर-१२ स्थित ...





























