कला-संस्कृतिको जगेर्नाका लागि तेह्रथुमको छथरमा प्राज्ञिक विचार गोष्ठी
धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-६ सुदापस्थित चाङ्लुङ गुफामा जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठी भएको छ । सोमबार कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले यस्ता प्राज्ञिक विचार गोष्ठीहरूले स्थानीय कला-संस्कृतिको जगेर्नाका साथै पर्यटन वि...































