महिलालाई कुवेत लगेर यौन शोषण गराएको आरोपमा मोरङको रंगेलीका पुरुष पक्राउ
विराटनगर । भिजिट भिसामा एकजना महिलालाई कुवेत पुर्याएर शोषण गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रबहादुर अधिकारीलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन गरेको आरोपमा उनलाई हिजो मानव बेचबिखन नियन्त्रण ब्युरो काठमाडौँको टोलीले ललितपुर महानगरपालिका–२४ मा पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै भिजिट भ...































