सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो
विराटनगर । सोलुखुम्बुमा बालिका छोरीलाई खुकुरी हानेर बाबु फरार भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका-९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै ५ वर्षीया छोरी पवित्रालाई आज बिहान खुकुरी हानेका हुन् ।
खुकुरी प्रहारबाट बालिका गम्भीर घाइते भएकी छन् । सोलुखुम्बुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्...