सोलुखुम्बुमा मदिरा सेवनपछि चक्कु प्रहार गरी ४६ वर्षीय पुरुषको हत्या, युवक पक्राउ
विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-११ गन्जेडाँडामा ४६ वर्षीय पुरुषको हत्या भएको छ । आफ्नै घरमा मृत फेला परेका तोईबहादुर कटवालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घरमै मृत अवस्थामा ...




























