संगालोखबर
सांकेतिक तस्वीर

सोलुखुम्बु । संखुवासभाका एकजना युवा ललितपुरको गेष्ट हाउसमा मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित ललितपुर गेष्ट हाउसमा आज बिहान २१ वर्षीय जीवन निरौला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी उक्त गेष्ट हाउसको ११ नम्बर कोठामा बसेका थिए । बिहान ११ः३० बजेसम्म पनि ढोका नखोलेपछि गेष्ट हाउस सञ्चालक सुमन तामाङले झ्याल खोलेर हेर्दा मृत फेला परेपछि प्रहरी वृत्त सातदोबाटोलाई खबर गरेका थिए ।

Advertisement

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा पठाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!