संगालोखबर


विराटनगर । ११ दिनमै आफ्नो कीर्तिमान तोड्दै आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले ३०औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः४९ बजे उनी ३०औँ पटक चुचुरोमा पुग्न सफल बनेका हुन् ।

गत वैशाख ३० गते आइतबार कामीरिता २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । पर्यटन विभागका अनुसार उनले सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान तोडेका हुन् ।

Advertisement

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको सो कम्पनीले जनाएको छ ।

सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!