सुनसरीको लौकहीमा सडकमा शव राखेर प्रदर्शन, राजमार्ग अवरुद्ध

सुनसरीको लौकहीमा सडकमा शव राखेर प्रदर्शन, राजमार्ग अवरुद्ध

विराटनगर । सुनसरीको लौकहीमा सशस्त्रले चलाएको गोली लागेर मृत्यु भएका सिटी सफारी चालकको शव सडकमा राखेर प्रदर्शन भइरहेको छ । आक्रोशित स्थानीयको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध भएको छ । गएराति करिब १ः१० बजे कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्था...
सुनसरीमा सशस्त्रले चलाएको गोली लागेर सफारी चालकको मृत्यु

सुनसरीमा सशस्त्रले चलाएको गोली लागेर सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु भएको छ । गएराति करिब १ः१० बजे तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको जनाइएको...
उपचारका लागि भोजपुरबाट आएकी सासुको ज्वाइँद्वारा हत्या, रक्सी नखान भनेकी थिइन्

उपचारका लागि भोजपुरबाट आएकी सासुको ज्वाइँद्वारा हत्या, रक्सी नखान भनेकी थिइन्

विराटनगर । सुनसरीको इटहरी-९ स्थित बीपी चोकमा ज्वाइँले सासुको विभत्स हत्या गरेका छन् । आइतबार साँझ ४० वर्षीय ज्वाइँ गणेश साह गुप्ताले ५६ वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका हुन् । हत्या आरोपमा गुप्तालाई राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए । प्रहरीका अनुसार पबीमाया उपचारका लागि भोजपुरबाट इटहरी आएकी थिइन् । आज उनी घर फर्कने तयारीमा थिइन् । सो...
सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको पाख्रीबाससम्म पदयात्रा गर्ने

सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको पाख्रीबाससम्म पदयात्रा गर्ने

धनुकटा । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा दौड प्रतियोगिता र पदयात्रा गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढीसम्म दौड प्रतियोगिता तथा पदयात्रा गर्ने तयारी गरेको हो । सेनाले पुष २७ देखि ३० गतेसम्म सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखि धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रीबाससम्म पदयात्रा गर्न लागेको छ ।...
पर पुरुषसँग लागेको भन्दै पतिले पेट्रोल छर्केर लगाइदिए पत्नीलाई आगो

पर पुरुषसँग लागेको भन्दै पतिले पेट्रोल छर्केर लगाइदिए पत्नीलाई आगो

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-३ मुक्तिनाथ मन्दिर छेउमा एक व्यक्तिले श्रीमतीलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । बिहीबार घरायसी विवादका क्रममा ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । आगोले जलेर खुस्बु गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । घटनाको बारेमा छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेर बोलाएका थिए । लगत्तै खटिएको प्रहर...
सुनसरीको धरानबाट फरार कैदीसहित चार लागूऔषध कारोबारी पक्राउ

सुनसरीको धरानबाट फरार कैदीसहित चार लागूऔषध कारोबारी पक्राउ

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-७ श्रीजंग मार्गमा रहेको म्याक्स लिम्बुको घरमा छापा हानेर प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध र धारिलो हतियारसहित पक्राउ गरेको हो । जसमध्ये एक जना जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी २५ वर्षीय म्याक्स लिम्बु, सोही स्थानका २८ वर्षीय संसार थाप...
सुनसरीको धरानमा कारभित्र भेटियो १८० किलो गाँजा

सुनसरीको धरानमा कारभित्र भेटियो १८० किलो गाँजा

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका–६ पानबारीबाट प्रहरीले एक सय ८० किलो चाँदी बरामद गरेको छ । आज बिहान ४ः३० बजे इलाका प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । बेवारिसे अवस्थामा राखिएको बा १३ च ३६८४ नम्बरको कारमा चेकजाँच गर्दा कारबाट गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । नियन्त्रणमा लिएको कार र गाँजा इलाका प्रहरी कार्यालय...
कोशीका ९० जना माध्यमिक शिक्षकलाई इटहरीमा प्रशिक्षण

कोशीका ९० जना माध्यमिक शिक्षकलाई इटहरीमा प्रशिक्षण

सुनसरी । कोशी प्रदेश अन्तर्गत माध्यमिक तहमा अध्यापन गराउने ९० जना अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई सुनसरीको इटहरीमा प्रशिक्षण दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजना तथा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घको सहकार्यमा प्रशिक्षण दिइएको हो । नतिजा प्रकाशन, विश्लेषण ग्रिडको प्रयोग, आधुनिक प्रविधिको प्रयोग, सीप व्यावहारिक ज्ञान, प्रश्नपत्र निर्माणमा गोपनीयता तथा विश्वसनीयता सम्बन...
ताप्लेजुङबाट बरामद गरिएका बोलेरो गाडी अवैध पुष्टि

ताप्लेजुङबाट बरामद गरिएका बोलेरो गाडी अवैध पुष्टि

विराटनगर । ताप्लेजुङबाट बरामद गरिएका बोलेरो गाडी अबैध पुष्टि भएका छन् । कागजात नभएका शंंकास्पद गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अवैध पुष्टि भएको हो । ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका ग्रामीण सडकहरूमा अवैध रूपमा चलाइँदै आएका बोलेरो गाडीहरू एक महिनासम्म गरिएको अनुसन्धानपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका गाडी सम्बन्धित आयातकर्ता कम्पनी र दर्ता देखाइ...
कोशी प्रदेशका अंग्रेजी, गणित र विज्ञान शिक्षकलाई अभिमुखीकरण

कोशी प्रदेशका अंग्रेजी, गणित र विज्ञान शिक्षकलाई अभिमुखीकरण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशको माध्यमिक तहका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र नतिजा विश्लेषण सम्बन्धी जानकारीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कक्षा ९ देखि १२ सम्म अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षकहरूका लागि इटहरीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रम तीन द...
धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक धरान-१९ का २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२...
सुनसरीमा ‘अन्धविश्वास’को जालोले सफारी चालकको हत्या, यस्तो छ कारण

सुनसरीमा ‘अन्धविश्वास’को जालोले सफारी चालकको हत्या, यस्तो छ कारण

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी सफारी चलाउँथे । उनी धामीझाँक्रीको काम पनि गर्दै आएका थिए । उनको हत्याको योजना बनाउने राजकिशोर र नन्दकिशोर साहको घरमा चौधरीलाई झारफुकका लागि बोलाउने गरिएको थियो । उनै चौधरीले ‘तन्त्रमन्त्र’ लगाएर परिवारका सदस्य बिरामी बनाएर दुःख दिएको भन्दै साह दाजुभाइले ‘सुपारी’ दिएर हत्या गर्न लगाएको खुलेको छ । उनीहरूले साढे ६ लाख रुपैयाँको सु...
सुनसरीको रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गर्ने सात जना पक्राउ

सुनसरीको रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीमा गोली हानेर सीटी सफारी चालकको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका-१ झुम्काका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, सोही स्थानका ४० वर्षीय नन्दकिशोर साह र सप्तरीको राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह छन् । यस्तै राजविराज-९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय मोह...
धरानको ग्यारेजबाट १४९ किलो गाँजा बरामद, धनकुटाका दुईसहित तीन जना पक्राउ

धरानको ग्यारेजबाट १४९ किलो गाँजा बरामद, धनकुटाका दुईसहित तीन जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१ कृषि बजार नजिकै रहेको ग्यारेजबाट गाँजा सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि-४ का २५ वर्षीय विशन राई र भारतको रामगंज थाना सुजालीका २५ वर्षीय साफिर आलम छन् । गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मे १ ज २०१८ नम्बरको बोलेरोबाट अनलोड गर्दै ...
सुनसरीमा स्कारपियो भित्र भेटियो ४६० किलो गाँजा, चालक फरार

सुनसरीमा स्कारपियो भित्र भेटियो ४६० किलो गाँजा, चालक फरार

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-९ नहर चोक छेउबाट चार सय ६० किलो गाँजासहित प्रहरीले स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । मंगलबार राति ७ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजासहित स्कारपियो नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गरेको बा ३ च ५५८५ नम्बरको स्कारपियोलाई चेकजाँच गर्न खोज्दा नरोकी भागेको थियो । खोजी गर्ने क्रममा नहर चोकभन्दा एक सय मिटर पछा...
सुनसरीको इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का रद्द

सुनसरीको इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का रद्द

विराटनगर । हुलाकी सडकखण्डअन्तर्गत सुनसरीको इनरुवा देखि कप्तानगञ्जसम्मको सडक निर्माणको ठेक्का रद्द गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गर्दै २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का रद्द गरिएको जनाएको हो । सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का सम्झौता गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी) विराटनगरसँग तोडिएको सूचनामा उल्लेख गरिएको छ...
धरानमा ट्रकमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

धरानमा ट्रकमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुनेस्थित कोशी राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय मन्जिल लिम्बु छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ...
सुनसरीको इनरुवाबाट डेढ क्विन्टल गाँजासहित युवक पक्राउ

सुनसरीको इनरुवाबाट डेढ क्विन्टल गाँजासहित युवक पक्राउ

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-७ चाँदवेलाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय आदित्य चौधरी छन् । सशस्त्र प्रहरीले आज बिहान चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । उक्त गाँजाको तौल एक क्विन्टल ५३ किलो ...
जेनजी आन्दोलनमा इटहरीको प्रहरी कार्यालयमा आगो लगाउने गिरोह पक्राउ

जेनजी आन्दोलनमा इटहरीको प्रहरी कार्यालयमा आगो लगाउने गिरोह पक्राउ

विराटनगर । सुनसरीको इटहरी स्थित प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयको भवन ध्वस्त बनाएको घटनामा संलग्न गिरोहका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-३ का २९ वर्षीय विजय लिम्बु, भोजपुर याङपाङ घर भइ इटहरी-४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी-४ का २४ वर्षीय सोनम कार्की, इटहरी...
इटहरीमा फलामे गेटले किचेर वृद्धको मृत्यु

इटहरीमा फलामे गेटले किचेर वृद्धको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मनकामना चोकमा फलामे गेटले किचेर एक वृद्धको मृत्युृ भएको छ । बुधबार राति करिब ११ बजे कलाकार बिक्रमश्री इटहरी म्याट्रिक्स पार्कमा फलामे गेटले किचेर अन्दाजी ७५ वर्षीय कालुराम कार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी सोही पार्कमा बस्दै आएका थिए । खोल्ने क्रममा भित्री भागपट्टी एक्कासि ढलेको फलामे गेटले किचेको अवस्थामा उनलाई फेला पारिएको सुनसरी प्...
धरानबाट गाँजासहित साँगुरीगढीका दुई जना पक्राउ

धरानबाट गाँजासहित साँगुरीगढीका दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० भन्ज्याङबाट गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को १ ज २१७८ नम्बरको यात्रु बाहक पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ का ४८ वर्षीय खड्गबहादुर मङ्ग्राती र सोही स्थानका १७ वर्षीय दुर्गा बिक छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द...
एमाले नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा प्रदर्शन

एमाले नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा प्रदर्शन

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा युवाहरूले प्रदर्शन गरेका छन् । युवा संघ नेपाल कोशी प्रदेशको जागरण सभामा सहभागि हुन सुनसरी आएका नेता बस्नेतको विरोधमा युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले बस्नेतविरुद्ध नाराबाजी गरेका थिए । ‘युवाहरूले प्रदर्शन गर्नुभएको थियो’, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाले संगालोखबरसँग भने, ‘अहिले...
सुनसरीबाट ४१ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट ४१ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-२ का १८ वर्षीय लालदेव रजक छन् । आज बिहानको राति बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकमा धरानबाट आइरहेको बीआर ११ बीएफ ०१८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकलमा राखिएको बोरामा ४१ किलो पाँच सय ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ...
सुनसरीको धरानबाट २५ किलो गाँजा बरामद

सुनसरीको धरानबाट २५ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सामुदायिक वन क्षेत्रबाट प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । बुधबार राति करिब ११ः३० बजे शंकास्पद अवस्थामा रहेको को ११ प ४६३५ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा मोटरसाइकल लिएर चालक फरार भएका थिए । सुनसरी प्रहरीका अनुसार पछ्याउँदै जाँदा धरान-तरहरा सिमानानजिक पानीपियाबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । सोही क्रममा पानबा...
लागूपदार्थ सेवन गरेर सवारी चलाउने ८ चालक इटहरीबाट पक्राउ

लागूपदार्थ सेवन गरेर सवारी चलाउने ८ चालक इटहरीबाट पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट लागूपदार्थ सेवन गरेर सवारी चलाउने आठ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान-८ का २२ वर्षीय रोहन बिक, धरान-५ का ३० वर्षीय विनय बिक, ...
नुहाउन खोलामा पसेका सुन्दरहरैँचाका भट्टराईको मृत्यु

नुहाउन खोलामा पसेका सुन्दरहरैँचाका भट्टराईको मृत्यु

सुनसरी । सुनसरीको रामधुनीमा नुहाउ खोलामा पसेका एक जनाको डुबेर मृत्यु भएको छ । सुनसरी खोलामा नुहाउन पसेका मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको मृत्यु भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बालाचतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीन जना तीर्थालु आज बिहान नुहाउन खोलामा पसेका थिए । जसमध्ये इटहरी-१३ का रोहित काफ्ले आफैं खोलाबाट बाहिर...
इटहरीबाट बेपत्ता भएकी महिलाको शव धरानको सर्दु जलाधार क्षेत्रमा फेला

इटहरीबाट बेपत्ता भएकी महिलाको शव धरानको सर्दु जलाधार क्षेत्रमा फेला

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित सर्दु जलाधार क्षेत्रको खोल्सामा महिलाको शव फेला परेको छ । गत कात्तिक २४ गते बिहान करिब ८ देखि बेपत्ता इटहरी-२ की ३५ वर्षीया मञ्जु पौडेलको शव फेला परेको हो । बेपत्ता भएकी मञ्जु घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । सोही क्रममा कात्तिक २७ गते धरान-४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर,...
सुनसरीबाट बेवारिसे नवजात शिशुको उद्धार

सुनसरीबाट बेवारिसे नवजात शिशुको उद्धार

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट प्रहरीले नवजात शिशुको उद्धार गरेको छ । सडक छेउमा फालिएको अवस्थामा आज बिहान नवजात शिशुको उद्धार गरिएको हो । ‘सडक छेउमा नवजात शिशु देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्नुभयो’, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले संगालोखबरसँग भने, ‘कसले शिशु छाडेर गयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।’ उनका अनुसार आज बिहान सात बजे शिशुको...
सुनसरीमा फार्मेसीबाट लागूऔषधको कारोबार गर्ने दम्पती पक्राउ

सुनसरीमा फार्मेसीबाट लागूऔषधको कारोबार गर्ने दम्पती पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ स्थितबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नसिब फार्मेसीका सञ्चालक ५० वर्षीय नसिबनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरी छन् । लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले आइतबार राति फार्मेसीमा छापा हानेको थियो । प्रहरीले छापा हानेपछि सिमेन्टको बोरामा राखिएको लागूऔषध सम्झनाले छतबाट बाहिर फालेकी थिइन् । ...
धरानबाट २६८ किलो गाँजा बरामद, भरियाहरू फरार

धरानबाट २६८ किलो गाँजा बरामद, भरियाहरू फरार

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ र २० को सिमाना स्थित चुम्पुले खोलाको जंगलबाट दुई सय ६८ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति करिब ११ः३० बजे गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रहरीलाई देख्नेबित्तिकै गाँजा बोकेर आउँदै गरेका १०/११ जना भरिया आफूले बोकेर आएको भारी छाडेर भागेका थिए । फरार रहेका उनीहरूको खोजी भ...
इटहरीबाट ९८ किलो गाँजासहित महिला पुरुष पक्राउ

इटहरीबाट ९८ किलो गाँजासहित महिला पुरुष पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाँडागाउँबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी कल्पना राई र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई कल्पनाकै घरमा बस्ने २० वर्षीय मनोज राई छन् । गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कल्पनाको घरबाट प्र १-०२...
error: Content is protected !!