इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु
विराटनगर । सुनसरी इटहरी उपमहानगरपालिका-३ स्थित ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी-३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी-२ का ९ वर्षीय क्रिश्वास लिम्बुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए । खोलामा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको...



























