
विराटनगर । सुनसरीको इनरुवा-६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन् ।
सुनसरी प्रहरीका अनुसार लामो समयदेखि लुकेर बस्दै आएका उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो । उनी वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर फरार थिए ।
फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र १-०२-०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन् ।
खनालको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा उपचार भएको थियो । पक्राउ परेका थापा विरुद्ध कानुन बमोजिमको प्रक्रिया अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।

संगालोखबर 













