संगालोखबर
फाइल तस्बिर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवनमा रहेको प्रभु बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही वडास्थित खार खोलाका २७ वर्षीय सञ्जीव राई छन् ।

सोमबार अपराह्न एटीएम तोडफोड भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!