संगालोखबर


सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ भुटाहा पुलस्थित भित्री सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार भोक्राहा-२ की अन्दाजी ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको हो ।

आज बिहान करिब ११ः४५ बजे सप्तरीबाट हरिनगरातर्फ जाँदै गरेको प्र १-०२-००१ ख ९२०७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक भोक्राहा–४ का ३५ वर्षीय लक्ष्मण मेहता गम्भीर घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मोरङको ग्रामथान गाउँपालिका-५ का ३२ वर्षीय रमेश घिमिरेलाई नियन्त्रणमा लिइएको सुनसरीका ट्राफिक प्रमुख अनिल माबोहाङले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!