
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारबाट सुनको सिक्री चोरी गरेको आरोपमा बालक पक्राउ परेका छन् ।
शनिबार साँझ रामधुनी-३ का ५३ वर्षीय रत्नबहादुर न्यौपानेले लगाएको दुई तोला सुनको सिक्री चोरी गर्ने क्रममा बालक पक्राउ परेका हुन् ।
सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको जितपुर घर बताउने करिब १२ वर्षका बालक छन् । उनले बजारमा किनमेल गर्न आएका न्यौपानेको सिक्री चोरी गरेका थिए ।
बालकलाई भ्वाइस अफ चिल्ड्रेन इटहरीमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













