
विराटनगर । सुनसरीबाट नौ लाख ५० हजार मूल्य बराबरको अवैध कुर्ता सुरुवाल बरामद भएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले उक्त मूल्य बराबरको कुर्ता सुरुवाल बरामद गरेको हो ।
शनिबार गढी गाउँपालिका-२ बाट को १ ह ८१७० नम्बरको अटोलाई चेकजाँच गर्दा करिब ५ लाख मूल्य बराबरको ५ सय पिस भन्सार छलीको कुर्ता सुरुवाल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोबाट ५ सय पिस कर्ता सुरुवाल बरामद भएको छ ।
यस्तै देवानगञ्ज गाउँपालिका-४ बाट करिब ४ लाख ५० हजार मूल्य बराबरको ९ सय पिस कुर्ता सुरुवाल बरामद भएको छ । चेकजाँचकै क्रममा कोशी गाउँपालिका-७ बाट करिब ६३ हजार मूल्य बराबरको खाद्यान्नका सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













