
सुनसरी । सुनसरीस्थित कोसी ब्यारेजबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । शनिबार दिउँसो सप्तकोसी पुलको ६ नम्बर ढोकाबाट हाम फालेका झापाको कमल गाउँपालिका-५ लखनपुर टोलका ६२ वर्षीय लैनबहादुर थापा बेपत्ता भएका हुन् ।
उनले चटपटे खाएर सोही पसलवालालाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापाले नदीमा हाम फालेको थाहा पाएपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनको खोजी कार्य गरिरहेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

संगालोखबर 













