
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा कपाल खौरिएका छन् ।
साम्पाङले आन्दोलनमा परेर ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा आफूले केही गर्न नसके पनि उनीहरूको दुःख बोक्दै कपाल खौरिएको भाव व्यक्त गरेका छन् ।
‘देशमा हालै भएको आन्दोलनमा परी ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा मैले केही गर्न सकिन होला’, कपाल खौरनु अघि उनले फेसबुकमा लेखेका छन्, ‘तर आज उहाँहरूको दुःख बोक्दै केस खौराउँदैछु ।’

संगालोखबर 













