
सुनसरी । सुनसरीको रामधुनी-२ कर्मनिया टोलमा आज साँझ सिटी सफारी चालकको हत्या भएको छ । साँझ करिब ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको हो ।
चौधरी सिटी सफारी सहित सडक छेउमा रगताम्य अवस्थामा फेला परेका थिए । उनको शरीरमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ । उनीमाथि गोली प्रहार गरिएको हुनसक्ने आशंका गरिएको भएपनि यकिन छैन ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

संगालोखबर 













