
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ मा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । टिपरको ठक्करबाट पैदलयात्रा गरिरहेकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै महिलालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएकी महिलाको नाम, थर र वतन खुलाउने प्रयास भइरहेको सुनसरी प्रहरीले जनाएको छ । टिपर चालक मोरङको केराबारी गाउँपालिका-६ का ५२ वर्षीय सोमबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













