
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ मा पतिले पत्नीको हत्या गरेका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिका-१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ ८ बजेतिर २५ वर्षीया पत्नी अनिसा भट्टराईको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा दाहालले पत्नीलाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी अनिसालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।
उनको राति ९ः१० उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













