
विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ पुलचोकमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।
मृत्यु हुनेमा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सुनील यादव र सिराहाकै सखुवानान्कारकट्टी-३ की ४५ वर्षीया धनेश्वरीदेवी यादव छन् ।
आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार सुनीलको जिल्ला अस्पताल इनरुवामा र धनेश्वरीदेवीको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

संगालोखबर 













