फेरिए मोरङका प्रहरी प्रमुख
विराटनगर । मोरङका प्रहरी प्रमुख फेरिएका छन् । झापा घर भएका प्रहरी उपरीक्षक एसपी नारायण चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख बनेर आएका हुन् ।
यसअघिका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय गएका छन् । मोरङ आएको ८ महिनामै एसपी कार्कीलाई हेडक्वार्टर तानिएको हो । एसपी कार्की आर्थिक लेनदेनमा मुछिएको उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतको दावी छ ।
अपराध अनुसन्धान विभागमा कार्यरत एसप...






























