विराटनगरमा मन्त्री सवार गाडीलाई सफारीले ठक्कर दियो
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम सवार बोलेरो गाडीलाई सिटी सफारीले ठक्कर दिएको छ । सोमबार साँझ विराटनगर-३ कञ्चनबारी चोकमा बरगाछीतर्फ जाँदै गरेको अवस्थामा सफारीले ठक्कर दिएको हो ।
मन्त्री सवार प्रदेश १-०४-००१ झ ०१०९ नम्बरको बोलेरो गाडीलाई ट्राफिक रेड लाइटमा रोकेको अवस्थामा प्र १०२-००४६ ५७६७ नम्बरको सिटी सफारीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सिटी सफारीको ...


























