मोरङका सांसद पोखरेललाई पितृशोक

मोरङका सांसद पोखरेललाई पितृशोक

विराटनगर । मोरङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलका पिता रामचन्द्रको ८८ वर्षको उमेरमा आज साँझ करिब ६ः१५ बजे निधन भएको हो । अचानक बिरामी परेका उनको विराटनगर-८ मधुमारास्थित निवासमै निधन भएको परिवार स्रोतले जनाएको छ । ऋषिकेश आज बिहान काठमाडौँ गएका थिए । उनी परिवारका जेठो छोरा हुन् । परिवारमा रामचन्...
गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरसहित कोशी प्रदेशको तराई क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएको छ । गर्मीका कारण विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरू बन्द गरिएको हो । कतिपय स्थानमा दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ । केही दिनयता तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछी जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएपछि विर...
कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । झापाको भद्रपुर नगर...
विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरको मुनालपथ स्थित मुनलाइट फोटो स्टुडियोका सञ्चालक नवीन खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । आइतबार राति करिब ८ः४० बजे कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा खनाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका खनाललाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा आज अपराह्‍न ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ...
मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो  काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ...
छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

विराटनगर । विराटनगरबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१६ का ५५ वर्षीय एसराज लामा छन् । झापाको अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६ बस्ने २१ वर्षीया ईशा योगी शेर्पालाई शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार एसराजका छोरा रेम्बो भनिने रुद्रराजसँग ईशाको प्रेम सम्बन्ध थियो । पसलमा काम...
सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा एक वृद्धा मृत फेला परेकी छन् । ग्रामथान गाउँपालिका-७ की ८९ वर्षीया तिलमाया खड्का नहरमा घोप्टो परेर डुबेको अवस्थामा आज मृत फेला परेकी हुन् । प्रहरीका अनुसार वृद्धा शनिबार घरबाट हराएकी थिइन् । वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टम...
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्‌घाटन गरेका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित हल्दीबारीमा दुई अर्ब लगानीमा निर्माण भएको सामुदायिक अस्पतालको आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले विपन्न र आर्थिक अवस्था कमजोर भएको समुदायलाई सरल र सहज उपचार स...
इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

विराटनगर । मोरङको विराटचोकमा ‘जेसीआई नेपाल बिजनेस एकेडेमी’ गरिएको छ । इन्द्रपुर जेसीजले विराटचोकस्थित नेपारलिका होटेलमा तीन दिने कार्यक्रम गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम उद्‌घाटन गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रम नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे ।  कार्यक्रममा देशभरबाट ६८ जना सहभागी भएका थिए । उनीहरूलाई...
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाएको बताएकी छन् । आजबाट विराटनगरमा सुरु भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै भण्डारीले यस्तो बताएकी हुन् । उनले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन...
केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-६ तामाङ टोलबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ छन् । बिहीबार राति १०ः३० बजेतिर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा लुकाएर राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको हो । बन्दुक बरामद भएसँगै उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...
विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो । विराटनगर-८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा बिहीबार दिउँसो ३ बजेतिर सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ...
मोरङमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण

मोरङमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बिहानै देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । सेवाग्राहीको भिड बढेपछि बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि उनीहरूको सहजताका लागि बिहान ७ बजेदेखि नै कार्यालय खुला गर्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एनका अनुसार अहिले बिहान ७ बजेबाट बेलुका ...
मोरङबाट ‘ह्‍युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ

मोरङबाट ‘ह्‍युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ कलाबन्जार चोकबाट ‘ह्युम पाइप’ भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको छ । शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले तीन सय ४७ किलो गाँजा बरामद गर्न सफल भएको हो ।  पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका-५ का ३० वर्षीय राजेशकुमार कामत छन् । इलाका प्रहरी कार्यालय हरैँचाबा...
विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । विराटनगरमा देशैभरका स्थानीय तहका उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा जेठ २३ र २४ गते हुने सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्‌घाटन गर्ने तय भएको छ । सम्मेलनमा ६ वटा महानगरका उप-प्रमुख, ११ उपमहानगरका उप-प्रमुख, कोशी प्रदेशका एक सय ३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल दुई सय ९१ ...
मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ग्रिल पसल सञ्चालकले जिस्कने क्रममा बालकको लिङ्ग काटिदिएका छन् । पथरी-६ मा ग्रिल पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय महीनारायण चौधरीले सोही स्थानका ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् । प्रहरीका अनुसार बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको छ ।  घटनापछि चौधरीले नै बालकलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा ल्याएका थिए । उनको नोबेलमा उपचार भइरह...
नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली विकासको पथमा लम्किएको छ । सडक पूर्वाधारसँगै कृषि र स्वास्थ्य लगायतका क्षेत्रमा उपलब्धिमूलक काम भएको रंगेली नगरपालिकाको दावी छ । ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अगाडि बढेको रंगेली नगरपालिकाले विभिन्न योजनाहरूलाई पूर्णता दिइसकेको छ भने केही पूर्ण हुने तरखरमा छन् । रंगेली नगरपालिकाले सडकमा ...
मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।   अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन अदालतबाट जेठ १५ गते म्याद थप गरिएको थियो ।  उनला...
मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाजले दुई अर्ब लगानी गरेर दुई सय बेडको सामुदायिक अस्पताल निर्माण गरेको हो । अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल उद्‌घाटन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य एवं अस्पतालका अध्यक्ष...
विराटनगर महानगरले भ्रम फैलाएको भन्दै सहारा एनिमल केयरद्वारा आपत्ति

विराटनगर महानगरले भ्रम फैलाएको भन्दै सहारा एनिमल केयरद्वारा आपत्ति

विराटनगर । विराटनगर महानगरपालिकाले अनावश्यक भ्रम फैलाएर संस्थाको बदनाम गराउन खोजेको भन्दै सहारा एनिमल केयरका संस्थापक रश्मि थापाले आपत्ति जनाएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरले आफ्नो कमजोरी लुकाउन हुँदै नभएको कुरालाई प्रचार गरेको भन्दै आपत्ति जनाएकी हुन् । ‘गत जेठ ११ गते आइतबार सम्पन्न कुकुर बन्ध्याकरण शिविर सम्बन्धी विवाद, त्यसको अघिल्लो दिन शनिबार भएको घटनाक्रम र विभि...
किरात याक्खा छुम्मा महानगर कार्यसमिति अध्यक्षमा प्रेम देवान चयन

किरात याक्खा छुम्मा महानगर कार्यसमिति अध्यक्षमा प्रेम देवान चयन

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर कार्यसमितिको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनले देवानलाई  अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा बालकुमारी याक्खा, सचिवमा सतिश देवान, सह-सचिवमा हुविन्द्रराज याक्खा, कोषाध्यक्षमा लिना जिमी याक्खा र कोषाध्यक्षमा चन्द्रकला तुम्बा चयन भएका छन् । सदस्यहरूमा विक्रम देवान, पुष्पकला देवान याक्खा,...
विराटनगरमा रमणीय पार्क बन्दै

विराटनगरमा रमणीय पार्क बन्दै

विराटनगर । विराटनगर महानगरपालिा-८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालको अग्रसरतामा पार्क निर्माण हुन लागेको हो । दुई बिगाहा आठ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको विराटनगर-८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन् । पार्क निर्माणका लागि टिकाराज ढकालले सहुलियत दरमा जग्गा उपलब्ध गराएका छन् । दुई विगाहा आठ कठ्ठा...
कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित

कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित

विराटनगर । कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज सात जना पत्रकारहरूलाई जनही एक/एक लाख नगदसहित सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएबापत झापाका तीन, मोरङका दुई तथा धनकुटा र सुनसरीका एक/एक जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, मोरङका मोहम्मद सदरुल, मनोज दाहाल, धनकुटाका राजेश्वरबहादुर श्रेष्ठ र ...
विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-६ रामपुरबाट बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार पीडित बालिकाले दिएको उजुरीको आधारमा बिहीबार ३५ वर्षीय महम्मद साबिरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार विराटनगर-६ रामपुर स्थित एक घरमा दिदीबहिनी भाडाको घरमा बस्थे । जाहेरवाला बालिकालाई ५-६ महिनादेखि डराउने, आत्तिने र बेहोस हुने जस्ता समस्या देखिएको पाइएको मोरङ प्रहरीका प्रवक...
नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने

नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा झापास्थित होटल मेची क्राउनमा जेठ २५ गते सम्मेलन हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर दुई देशका युवा उद्यमीहरूबीच अनुभव र सीप आदानप्रदान, व्यवसायिक नेटवर्किङ र दीर्घकालीन सहकार्य बढाउन सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । कार्यक्रममा नेपाल र भारतक...
विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरणमा लापरबाही

विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरणमा लापरबाही

विराटनगर । सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा लापरबाही गर्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्ने भएपनि २-३ घन्टामै छाड्ने गरिएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यसो नगरेको पाइएको विराटनगर महानगरपालिका पशुपंक्षी शा...
सलकपुर कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव भव्य बनाउन एक वर्ष अघिबाटै थालियो तयारी

सलकपुर कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव भव्य बनाउन एक वर्ष अघिबाटै थालियो तयारी

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव मनाउन तयारी थालिएको छ । मन्दिर स्थापना भएको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउन लागिएको हो । मन्दिर व्यवस्थापन समितिले आगामी वर्ष वैशाख १ देखि ७ गतेसम्म श्रीमद् तारतम सागर १०८ पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । स्वर्ण महोत्सवलाई भव्य रुपमा मन...
सुकुनाका उत्कृष्ट विद्यार्थीलाई तनस्का फेसन इन्स्टिच्युटले गर्यो सम्मान

सुकुनाका उत्कृष्ट विद्यार्थीलाई तनस्का फेसन इन्स्टिच्युटले गर्यो सम्मान

विराटनगर । विराटनगरको तनस्का फेसन इन्स्टिच्यूटले सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ । सुकुना बहुमुखी क्याम्पसबाट गतवर्ष बीबीएस प्रथम वर्ष र बीएस्सी प्रथम वर्षमा उत्कृष्ट अङ्क ल्याएर उत्रिर्ण हुने ६ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा बीबीएस प्रथम वर्षमा ८१ दशमलव ७० प्रतिशत अङ्क ल्याउने योगेश अधिकारी, ७९ दशमलव २० प्...
सुन्दरहरैँचा नगरपालिका ‘ढुकुर जोडी’ खोज्दै, कस्ता छन् मापदण्ड ?

सुन्दरहरैँचा नगरपालिका ‘ढुकुर जोडी’ खोज्दै, कस्ता छन् मापदण्ड ?

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले प्रेमको प्रतीक मानिने ढुकुर जोडी जस्तै दम्पतीको खोजी गरेको छ । नगर क्षेत्रका उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ का रूपमा सम्मान गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । उत्कृष्ट जोडीको तस्बिर  १२ वडा वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ । ढुकुर जोडी छनोटका लागि नगरपालिकाले विभिन्न मापदण्ड बनाएको छ । विवाह गरेको १० वर्ष पूरा भएको हुनुपर्ने, विवाह दर्त...
मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि 

मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि 

विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । गौरादह कभर्ड हलमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो । प्रतियोगितामा ५ पदकसहित झापा दोस्रो र ३ पदकसहित सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमा...
निगुरो टिप्न गएका पुरुष कानेपोखरी जंगलमा मृत फेला

निगुरो टिप्न गएका पुरुष कानेपोखरी जंगलमा मृत फेला

विराटनगर । मोरङको कानेपोखरी जंगलमा एक पुरुष मृत फेला परेका छन् । कानेपोखरी गाउँपालिका-५ का ५२ वर्षीय जितलाल राजवंशी मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी दुई दिनदेखि हराइरहेका थिए । निगुरो टिप्न भनेर घरबाट निस्किएका उनी घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा आज बिहान ११ बजे घरबाट करिब ५ किलोमिटर उत्तर जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबा...
error: Content is protected !!