विवादित अभिव्यक्तिपछि उद्योग मन्त्री यादवले दिइन् राजीनामा

विवादित अभिव्यक्तिपछि उद्योग मन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । विवादित अभिव्यक्तिपछि आलोचित बनेकी मन्त्री यादवले आज पदबाट राजीनामा दिएकी हुन् । मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति चौतर्फी आलोचना भएको थियो । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्र...
विराटनगरको रथयात्रामा संकलन भएको भेटी राहत कोषमा जम्मा

विराटनगरको रथयात्रामा संकलन भएको भेटी राहत कोषमा जम्मा

विराटनगर । विराटनगरमा शनिबार सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । रथयात्रामा संकलन भएको २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ रकम आज कोषमा जम्मा गरिएको हो । राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत रकम कोषमा जम्मा गरेको छ । कोषमा रकम जम्मा गरिएको भौचर राधाकृष्ण रथयात्रा आयोजक समितिका...
इटहरीमा सर्पले डसेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

इटहरीमा सर्पले डसेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

विराटनगर । गोमन सर्पले डसेकी सुनसरीको इटहरी-५ की ८ वर्षीया बालिका आस्वाना चौहानको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । अस्पतालमा पीआईसीयू सेवा नपाउँदा बालिकाको मृत्यु भएको हो । बालिकालाई घरभित्र खेल्ने क्रममा बुधवार साँझ गोमन सर्पले बायाँ हातमा डसेको थियो । उनले परिवारका सदस्यलाई सर्पले डसेको जानकारी गराएपछि हेर्दा हातबाट रगत बगिरहेको थियो । परिवारका सदस्यका अनुसार उनलाई तत्काल इटहरीस्थित...
विराटनगरको कान्तिपुर कलेजद्वारा बाढीपीडितलाई ५ लाख सहयोग

विराटनगरको कान्तिपुर कलेजद्वारा बाढीपीडितलाई ५ लाख सहयोग

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले रसुवाको भोटेकोशी बाढीपीडितलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने गरी कलेजले आज हिसानमार्फत चेक प्रदान गरेको हो । कलेजको तर्फबाट हिसानका केन्द्रीय सचिव राजेश कार्कीलाई चेक हस्तान्तरण गरिएको छ ।  हिसानका केन्द्रीय सह-कोषाध्यक्ष शंकर भट्टराई, हिसान कोशी प्रदेश सचिव दिपेश बास्तोला, जिल्ला अध्यक्ष ...
प्याब्सन मोरङद्वारा बाढीपीडितलाई ७४ लाख ९५ हजार सहयोग

प्याब्सन मोरङद्वारा बाढीपीडितलाई ७४ लाख ९५ हजार सहयोग

विराटनगर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङले बाढीबाट प्रभावित नागरिकहरूका लागि ७४ लाख ९५ हजार ७ सय ५१ रुपैयाँ सहयोग गरेको छ । प्याब्सन मोरङले आफ्ना सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकबाट संकलन गरेको उक्त रकम बुधबार प्याब्सन केन्द्रीय राहत कोषमा जम्मा गरेको हो । केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरअनुसार मोरङका विभिन्न पालिकामा रहेका सदस्य विद्यालय...
धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन

धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को नगर समिति गठन भएको छ । बुधबार बसेको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पदम रखाल मगरको संयोजकत्वमा ९९ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा लोक नेपाल, लाल बहादुर महतरा, रिस्ता गुरुङ, दुर्गा भुजेल, बिक्रम तिगेला लगायत छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज धर्मराज पौडेल, नेकपा प्रदेश सद...
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला एक सय पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ...
बाढीपीडितलाई रंगेली नगर प्याब्सन समितिद्वारा ४ लाख ८३ हजार सहयोग

बाढीपीडितलाई रंगेली नगर प्याब्सन समितिद्वारा ४ लाख ८३ हजार सहयोग

विराटनगर । मोरङको रंगेली नगरपालिका स्तरीय नगर प्याब्सन समितिले बाढीपीडितहरूका लागि ४ लाख ८३ हजार ६०३ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० मा आएको विनाशकारी बाढीबाट पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रंगेलीका ११ वटा संस्थागत विद्यालयहरूले उक्त रकम सहयोग गरेका हुन् । नगर प्याब्सन रंगेली समितिका अध्यक्ष गङ्गाप्रसाद भट्टराई तथा सचिव निराजन दाहालद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले ...
विराटनगरको गुरुकुलमा ‘सिफारिस’ मञ्चनको समय दुई दिन थपियो

विराटनगरको गुरुकुलमा ‘सिफारिस’ मञ्चनको समय दुई दिन थपियो

विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा ‘सिफारिस’ नामक नाटकको मञ्चन समय थप गरिएको छ । विद्यालय र विभिन्न संस्थाबाट माग भए बमोजिम नाटक मञ्चनको समय दुई दिन थप गरिएको हो । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले भदौ २१ गतेबाट नाटक मञ्चन सुरु गरिएको थियो । धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चनको समय आजसम्म निर्धारण गरिएको भएपनि...
धनकुटाको गुठिटारका श्यामराज शनिबारदेखि सम्पर्कविहीन

धनकुटाको गुठिटारका श्यामराज शनिबारदेखि सम्पर्कविहीन

धनकुटा । धनकुटा नगरपालिका-९ गुठिटारस्थित ढोडेनीका ४१ वर्षीय श्यामराज राई सम्पर्कविहीन भएका छन् । मानसिक सन्तुलन गुमाएका राई शनिबार दिउँसो करिब २ बजेदेखि सम्पर्कविहीन भएका हुन् । उनकी दिदी सन्तोषी राईका अनुसार पहेँलो रङको टिसर्ट, कालो रङको ट्रयाक लगाएको अवस्थामा श्यामराज बेपत्ता भएका छन् । आफ्नो नाम र ठेगाना बताउन सकेपनि भाइको मानसिक अवस्था ठीक नरहेको सन्तोषीले बताइन् । उनले भाइको खोजीका लागि अ...
विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका युवाको खुल्यो पहिचान

विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका युवाको खुल्यो पहिचान

विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति घरको तीन तलामाथिबाट खसेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक विराटनगर-५ का अनिल पासवान हुन् । भदौ १३ गते मध्यराति पुरुषोत्तम न्यौपानेको घरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको थियो । तत्कालै पहिचान नभएपछि शवलाई कोशी अस्पतालमा राखिएको थियो । पहिचानपछि पोष्टमार्टम गरेर परिवारले शव बुझिसकेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रक...
मोरङको बूढीगंगामा ग्यास लिक भएर जलेकी महिलाको १० दिनपछि मृत्यु

मोरङको बूढीगंगामा ग्यास लिक भएर जलेकी महिलाको १० दिनपछि मृत्यु

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-४ प्रगति टोलमा १० दिनअघि ग्यास लिक भएर जलेकी महिलाको मृत्यु भएको छ । भदौ १५ गते बिहान ६ बजेतिर चिया पकाउने क्रममा ग्यास लिक हुँदा शरीरमा आगो लागेर घाइते भएकी ४६ वर्षीया सुष्मा भण्डारीको आज मृत्यु भएको हो । आगोले टाउको, अनुहार, बाँया हात र दुवै खुट्टामा चोट लागेर घाइते भएकी उनको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा आज...
मोरङ उद्योग व्यापार संघको निर्वाचन आइतबार, यस्तो छ कार्यतालिका

मोरङ उद्योग व्यापार संघको निर्वाचन आइतबार, यस्तो छ कार्यतालिका

विराटनगर । मोरङ व्यापार उद्योग संघको निर्वाचन आइतबार हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि आइतबार दिउँसो २ः३० बजेदेखि साँझ ५ बजेसम्म व्यापार संघको भवनमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि सोही दिन बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची छ । सोही दिन ८ः३० बजेसम्म मतदाता नामावलीमा दावी विरोधको समय छुट्याइएको छ । यस्तै बिहान ९ बजे अन्तिम मतदात नामावली प्रकाशन हुनेछ । बिहान ९ ब...
डा.सुनिल शर्माले केएमसीमा बाढीपीडित विष्णुकुमारीको निःशुल्क मृगौला प्रत्यारोपण गराउँदै

डा.सुनिल शर्माले केएमसीमा बाढीपीडित विष्णुकुमारीको निःशुल्क मृगौला प्रत्यारोपण गराउँदै

काठमाडौं । विनाशकारी बाढीले घरसँगै उपचारका लागि जोहो गरेर राखेको रकम बगाएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी रसुवाकी विष्णुकुमारी डंगोलको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया सुरु भएको छ । आर्थिक अभावले जटिल रोगको उपचार रोकिने र जीवनै संकटमा पर्ने अवस्थामा पुगेकी ४१ वर्षीया विष्णुकुमारीलाई केएमसीका सञ्चालक डा.सुनिल शर्माले निःशुल्क मृगौला प्रत्यारोपण गराइदिन ...
मोरङ प्रहरीको हटलाइन सेवा स्तरोन्नति गरिँदै, यी हुन आकस्मिक प्रयोजनका नम्बर

मोरङ प्रहरीको हटलाइन सेवा स्तरोन्नति गरिँदै, यी हुन आकस्मिक प्रयोजनका नम्बर

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले १०० नम्बरको हटलाइन सेवा स्तरोन्नति सुरु गरेको छ । सर्वसाधारण नागरिकको सुरक्षा र आकस्मिक सेवालाई थप प्रभावकारी, छिटो र भरपर्दो बनाउनका हटलाइन सेवा स्तरोन्नति थालिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको परिचालन कक्षमा हाल सञ्चालनमा रहेका ५ वटा १०० नम्बरका हटलाइन टेलिफोनहरूको प्राविधिक स्तरोन्नति हुँदैछ । स्तरोन्नति कार्य अवधि सम्मको लागि १०० नम्बरको टेलिफो...
विराटनगरको अर्किड कलेजद्वारा बाढीपीडितलाई ५ लाख सहयोग

विराटनगरको अर्किड कलेजद्वारा बाढीपीडितलाई ५ लाख सहयोग

विराटनगर । विराटनगरको अर्किड कलेजले भोटेकोशी बाढीपीडितलाई पाँच लाख एक हजार तीन सय ४१ रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूलाई सहयोग गर्ने उद्देश्यले अर्किडले उक्त रकम प्रदान गरेको हो । ‎ सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा कलेज परिवारको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रिन्सिपल मनिष भट्टराईले जानकारी दिए । ‎ विपद्...
नोबेल अस्पतालद्वारा मोरङ प्रहरीलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण

नोबेल अस्पतालद्वारा मोरङ प्रहरीलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले मोरङ प्रहरीलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ । सेवासम्बन्धी फोन संवादलाई व्यवस्थित तथा अभिलेखयोग्य बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो । उपकरणको प्रयोगबाट सेवाग्राहीसँग हुने फोन संवादलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न तथा आवश्यक अवस्थामा संवादको अभिलेख सुरक्षित राख्न सह...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय ५० रुपैयाँ...
धनकुटाबाट ट्रकसहित १ हजार २ सय ४० किलो गाँजा बरामद

धनकुटाबाट ट्रकसहित १ हजार २ सय ४० किलो गाँजा बरामद

धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । गएराति ११ बजे चेकजाँचका क्रममा ट्रकबाट एक हजार दुई सय ४० किलो गाँजा बरामद भएको हो । साँगुरीगढी गाँउपालिका-७ फेदीस्थित कोशी लोकमार्गमा धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रक चेकजाँचका लागि प्रहरीले रोकेको थियो । सो क्रममा चालक हामफालेर फरार भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शङ्का ...
रेडियो नेपालका प्राविधिक थान्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु

रेडियो नेपालका प्राविधिक थान्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरस्थित रेडियो नेपालको कार्यालयमा कार्यरत प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा थान्दारको मृत्यु भएको हो । सुनसरीको गढी गाउँपालिका–२ घर भएका ५५ वर्षीय थान्दार सवार बा ७५ प ३११० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबारेबाट नहरतर्फ ...
जीवन विकास अस्पतालमा थपिए तीन विशेषज्ञ चिकित्सक, सुरु भयो छाला तथा यौनरोगको उपचार

जीवन विकास अस्पतालमा थपिए तीन विशेषज्ञ चिकित्सक, सुरु भयो छाला तथा यौनरोगको उपचार

विराटनगर । जीवन विकास सामुदायिक अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा थप तीन जना विशेषज्ञ चिकित्सक भित्र्याएको छ । यससँगै अस्पतालमा पहिलोपटक छाला, यौन तथा कुष्ठरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ । अस्पतालमा हाडजोर्नी तथा ट्रमा शल्यचिकित्सक डा. प्रमित जैसवाल, छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. वर्षा अग्रवाल तथा रेडियोलोजी विशेषज्ञ डा. कृष्ण लुइँटेल आबद्ध भएका हुन् । नवआगन्त...
विराटनगरको धानखेतमा फालिएको नवजात शिशु आश्रममा हुर्किँदै, न्वारानमा नाम जुर्यो ‘दयानिधि’

विराटनगरको धानखेतमा फालिएको नवजात शिशु आश्रममा हुर्किँदै, न्वारानमा नाम जुर्यो ‘दयानिधि’

विराटनगर । भदौ १३ गते शनिबार विराटनगर-४ इक्राहीस्थित नहर छेउको धानखेतमा बोराभित्र पोको पारेर फालिएको शिशु स्थानीयले फेला पार्छन् । सालनालसहित फालिएको नवजात शिशु (छोरा) रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरे । जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले शिशुलाई उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल लगेको थियो । स्वास्थ्य परीक्षणपछि सोहीदिन साँझ शिशुलाई विराटनगरको पूर्वाञ्चल बालसेव...
जहदा गाउँपालिकाका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

जहदा गाउँपालिकाका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

विराटनगर । मोरङको जहदा गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच गाउँपालिकावासीलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भएपछि अब जहदा गाउँपालिकाका नागरिकले जीवन विकास अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका हुन् । सोमबार भएको समझदारी...
विराटनगरको रथयात्राबाट ७० थान मोबाइल चोरी

विराटनगरको रथयात्राबाट ७० थान मोबाइल चोरी

विराटनगर । विराटनगरमा शनिबार सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा ७० थान मोबाइल चोरी भएका छन् । सोमबारसम्म मोरङ प्रहरीमा उक्त संख्यामा मोबाइल हराएको भनेर खोजीका लागि निवेदन परेका हुन् । ‘रथयात्राका क्रममा विभिन्न ब्रान्डका ७० थान मोबाइल चोरी भएको भनेर खोजीका लागि निवेदन आएका छन्’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘निवेदन आउने क्रम जारी रहेकाले यो संख्या अझै ब...
यसरी ध्वस्त पारिएका थिए विराटनगरका संरचना (फोटो फिचर)

यसरी ध्वस्त पारिएका थिए विराटनगरका संरचना (फोटो फिचर)

विराटनगर । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ । गतवर्ष भदौ २३ गते भएको आन्दोलनमा गोली लागेर जेनजी युवाहरूको मृत्यु भएपछि २४ गते आन्दोलन हिंसात्मक बनेको थियो । जेनजी आन्दोलनका क्रममा देशभर ७६ जनाले ज्यान गुमाए । प्रहरीको गोली लागेर युवाहरूको मृत्यु भएपछि आक्रोशित समूहले २४ गते देशभर प्रदर्शन र आगजनी गरे । आन्दोलनका क्रममा सरकारी संरचना र व्यक्तिगत घर तथा व्यवसायिक प्रयोजनका भवनमा आगजनी र तोड...
विराटनगरको रथयात्राबाट हराएकी चाँदनी भारतमा भेटिइन्

विराटनगरको रथयात्राबाट हराएकी चाँदनी भारतमा भेटिइन्

विराटनगर । शनिबार विराटनगरको राधाकृष्ण रथयात्रा अवलोकनमा आएका बेला हराएकी चाँदनी दास भारतमा फेला परेकी छन् । विराटनगर-१८ फडानी चोककी १६ वर्षीया चाँदनी भारतबाट परिवारको सम्पर्कमा आएकी हुन् । उनका मामा अजय दासका अनुसार चाँदनी दिल्ली नजिकै फेला परेकी छन् । ‘परिवारका सदस्यहरू लिन जानु भएको छ’, अजयले संगालोखबरसँग भने, ‘तीन/चार जना साथीहरूसँग गएको रहेछ । दिल्ली नजिक पुगेको रहेछ ।’ रथ अवलोकनका लागि ...
धनकुटाका तामाङको मलेसियामा मृत्यु

धनकुटाका तामाङको मलेसियामा मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मुगाका राम तामाङको मलेसियामा मृत्यु भएको छ । अन्दाजी ५० वर्षीय तामाङको ड्युटी समयमा नै मृत्यु भएको हो । पाख्रीबासका धुव्र पौडेलका अनुसार तामाङ करिब १५ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । ‘उहाँ करिब १५ वर्ष भयो रोजगारीका मलेसियामा जानुभएको’, उनले संगालोखबरसँग भने, ‘सो अवधिमा घर आउने र पुनः जाने क्रम चलिरहेकै थियो । एक्कासि यस्तो खबर सुनिय...
विराटनगरको रथयात्रामा पक्राउ परेकामध्ये १७ जनामाथि मुद्दा चलाइयो

विराटनगरको रथयात्रामा पक्राउ परेकामध्ये १७ जनामाथि मुद्दा चलाइयो

विराटनगर । विराटनगरमा शनिबार निकालिएको राधाकृष्ण रथयात्राका क्रममा पक्राउ परेकामध्ये १७ जनामाथि मुद्दा चलाइएको छ । रथयात्राका क्रममा विभिन्न अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ११३ जनामध्ये १७ जनामाथि मुद्दा चलाइएको हो । अभद्र व्यवहार र चोरी लगायतका मुद्दामा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘अभद्र व्यवहार र चोरी लगायतका म...
भिडियो भाइरल भएपछि विराटनगरबाट पक्राउ परेका दुई युवक छुटे, अनुसन्धान जारी

भिडियो भाइरल भएपछि विराटनगरबाट पक्राउ परेका दुई युवक छुटे, अनुसन्धान जारी

विराटनगर । भिडियो भाइरल भएपछि विराटनगरबाट पक्राउ परेका दुई युवक छुटेका छन् । विराटनगर-४ का ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका-१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद छुटेका हुन् । स्कुल ड्रेसमा रहेका छात्राहरूमाथि दुर्व्यवहार भएको भन्दै भाइरल भएको भिडियोका आधारमा मोरङ प्रहरीले उनीहरूलाई भदौ १९ गते शुक्रबार पक्राउ गरेको थियो । तर भिडियोमा भनेजसरि उनीह...
विराटनगरको रथयात्राबाट ५ वटा सुनको सिक्री चोरी

विराटनगरको रथयात्राबाट ५ वटा सुनको सिक्री चोरी

विराटनगर । विराटनगरमा शनिवार सम्पन्न राधाकृष्ण रथ यात्राका क्रममा ५ वटा सुनको सिक्री हराएका छन् । सोमबारसम्म सम्बन्धित व्यक्तिले मोरङ प्रहरीमा सुनको सिक्री हराएको निवेदन दिएका हुन् । ‘रथ यात्राका क्रममा पाँच वटा सिक्री हराएको निवेदन आएका छन् । यो हिजोसम्मको तथ्याङ्क हो’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘यस सम्बन्धमा हामीले खोज अनुसन्धान गरिरहेका छौँ ।’ पर्...
इटहरीमा हिरासतभित्र पूर्वप्रहरी हबल्दारको मृत्यु

इटहरीमा हिरासतभित्र पूर्वप्रहरी हबल्दारको मृत्यु

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ६८ वर्षीय गोपाल कार्कीको आज बिहान मृत्यु भएको हो । बाल यौन दुरुपयोग मुद्दामा उनलाई अनुसन्धानका लागि भदौ ५ गतेदेखि हिरासतमा राखिएको थियो । हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ४ बजे चिकित्सकल...
error: Content is protected !!