राष्ट्रिय सभा निर्वाचन : कोशीमा मतगणना सुरु

राष्ट्रिय सभा निर्वाचन : कोशीमा मतगणना सुरु

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा मतगणना सुरु भएको छ । विराटनगरस्थित निर्वाचनस्थलमा मतगणना सुरु गरिएको हो । आजै साँझसम्म अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ४५ जनाले मतदान गरेका छन् । ९२ जना प्रदेश सभा सदस्यमध्ये ८७ जना र २ सय ६७ स्थानीय तहका पदाधिकारीमध्ये २ सय ५८ जनाले मात्र मतदान गरेका...
राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा ३४५ जनाले गरे मतदान

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा ३४५ जनाले गरे मतदान

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ३ सय ४५ मत खसेको छ । आज विराटनगर भएको मतदानमा ८७ जना प्रदेश सभा सदस्य र २ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका हुन् । राष्ट्रिय सभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोशीमा कूल ९२ जना प्रदेश सांसद र २ सय ६७ जना स्थानीय तहका प्रतिनिधि मतदाता कायम थिए । तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन...
हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादीप र विराट, फुटबलमा मोर्डन ऐरा र अर्किड विजयी 

हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादीप र विराट, फुटबलमा मोर्डन ऐरा र अर्किड विजयी 

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा शिक्षादीप र विराट क्याम्पस विजयी भएका छन् । जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा शिक्षादीप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गर्दै क्वाटरफाइनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङको गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ९९ रनको योगफ...
पाँचथरमा एमालेले बनायो ५ हजार ३९९ सदस्यीय निर्वाचन परिचालन समिति 

पाँचथरमा एमालेले बनायो ५ हजार ३९९ सदस्यीय निर्वाचन परिचालन समिति 

पाँचथर । पाँचथरमा नेकपा एमाले जिल्ला कमिटीको नवौँ विस्तारित बैठकबाट ५ हजार ३ सय ९९ सय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । जिल्ला, पालिका, वडा, टोल तथा जनवर्गीय सङ्गठनका पदाधिकारीहरूलाई समेट्दै निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विशेष तयारी गर्नेछ । जिल्ला कमिटी अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा भएको बैठकमा एमाले क...
धरानमा चिभास इस्टर्न गल्फ टुर्नामेन्ट हुँदै

धरानमा चिभास इस्टर्न गल्फ टुर्नामेन्ट हुँदै

विराटनगर । सुनसरीको धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ हुने भएको छ । धरानस्थित गल्फ कोर्समा १ सय २० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने भएको हो । कोशी प्रदेश गल्फ संघको आयोजनामा माघ १६ र १७ गते प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष सुयश प्याकुरेलले गल्फ खेलको दीर्घकालीन विकास, पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यसहित प्रति...
सार्वजनिक बहसका लागि ओली तयार, बालेनले गरे अस्वीकार 

सार्वजनिक बहसका लागि ओली तयार, बालेनले गरे अस्वीकार 

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा भावी प्रधानमन्त्रीको उम्मेदवार तोकिएकाहरूबीच सार्वजनिक बहस गर्नुपर्ने भन्ने विषयले अहिले चर्चा पाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह लगायतका भावी प्रधानमन्त्रीका उम्मेदवार भनिएकाहरूबीच सार्वजनिक बहसको आवाज उठेको हो । एमाले अध्यक्ष ओली र रास्वपा...
विराटनगरमा राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

विराटनगरमा राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

विराटनगर । ६१ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक कोशी प्रादेशिक कार्यालयले विराटनगरमा विविध कार्यक्रम गरेको छ । बैंकका प्रादेशिक प्रबन्धक हेमराज खरेल सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोशीका प्रदेश सचिव नारायण प्रसाद रिसालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । बैंकले कर्जा उपभोग गर्ने उत्कृष्ट कृषक एक, पूर्व कर्मचारी मध्ये ज्येष्ठ सदस्य एक जन...
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड...
कोशीमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु

कोशीमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु

विराटनगर । राष्ट्रिय सभा सदस्य चयनका लागि विराटनगरमा मतदान सुरु भएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका आज ७ वटै प्रदेशमा मतदान हुँदैछ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । कुल १८ पदमध्ये कोशी प्रदेशमा अन्य समूहअन्तर्गत १ पदमा नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनबाट काँग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका...
राष्ट्रिय सभा सदस्यका रिक्त पदका लागि आज निर्वाचन हुँदै

राष्ट्रिय सभा सदस्यका रिक्त पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्यका रिक्त पदका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेका छन् । सोहीकारण आज १७ पदका लागि नि...
क्रिकेट लिगको उपाधि विराटनगरलाई

क्रिकेट लिगको उपाधि विराटनगरलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको क्रिकेट लिगको उपाधि विराटनगरले जितेको छ । मेलीवोन ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले पराजित गर्दै विराटनगर क्रिकेट क्लबले उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उप विजेता सिद्धार्थले नगर १० हजार र ट्रफीमा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित...
विराटनगरको एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प

विराटनगरको एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प

विराटनगर । विराटनगरको एस्पायर कलेजले ६ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुई दिने ह्याकाथन सम्पन्न गरेको छ । शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग र दक्षिण कोरियाको छन्जे एजुकेशनको प्राविधिक सहयोग तथा सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गरि प्रथम स्थान हाँसिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको समूहलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएक...
विराटनगरको मार्टस मेमोरियलको भजन प्रतियोगितामा पारिजात समूह विजेता

विराटनगरको मार्टस मेमोरियलको भजन प्रतियोगितामा पारिजात समूह विजेता

विराटनगर । विराटनगर-१० स्थित मार्टस मेमोरियल स्कुलले सरस्वती पूजाको अवसरमा आयोजना गरिएको अन्तर भजनकीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै निर्मल टोल भजन समूह तृतीय हुँदै नगद १० हजार र ...
विराटनगरको एभरेष्ट स्कुलमा वैदिक विधिद्वारा सरस्वती पूजा

विराटनगरको एभरेष्ट स्कुलमा वैदिक विधिद्वारा सरस्वती पूजा

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ । मन्टेश्वरी, सेकेन्डरी र कलेजमा छुट्टाछुट्टै मूर्ति स्थापना गरि सरस्वतीको पूजा गरिएको हो । हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आराधना गर्दा विद्यार्थीहरूमा पनि छुट्टै उर्जा मिल्ने बताए । यस्ता पर्वह...
प्रतिनिधि सभा निर्वाचन : धनकुटामा २५ वर्षीय शालिकराम चुनावी मैदानमा

प्रतिनिधि सभा निर्वाचन : धनकुटामा २५ वर्षीय शालिकराम चुनावी मैदानमा

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एक जना जेनजी उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय परिवर्तन पार्टीका २५ वर्षीय शालिकराम राई जेनजी उमेर समूहका उम्मेदवार हुन् । अन्य उम्मेदवार ३० देखि ६५ वर्षसम्मका छन् । जसमध्ये नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल ६५ वर्षका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा ३०, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई र स्...
मोरङमा ६ जनाले लिए उम्मेदवारी फिर्ता

मोरङमा ६ जनाले लिए उम्मेदवारी फिर्ता

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मोरङमा मनोनयन दर्ता गराएका १ सय १८ जनामध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा २ जना राजनीतिक दलका र ४ जना स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मोरङको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्र...
विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा लायन क्रिकेट एकेडेमीले पहिलो जित निकालेको छ । विराटनगरको मेलीवोन ज्वाला क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अन्तिम खेलमा लायनले पहिलो जित निकालेको हो । आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई लायनले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारे...
रंगेलीको त्रिभुवन माविका १ सय १ विद्यार्थी पुरस्कृत

रंगेलीको त्रिभुवन माविका १ सय १ विद्यार्थी पुरस्कृत

विराटनगर  ।  मोरङको रंगेलीस्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १ सय १ जना विद्यार्थी पुरस्कृत भएका छन् । विद्यालय सप्ताह अन्तरगत विभिन्न प्रतियोगितामा विजेता हुने विद्यार्थीलाई विद्यालयले सरस्वती पूजाको अवसरमा पुरस्कृत गरेको हो । उनीहरूलाई विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, खेल शिक्षक विजय प्रभात खवास लगायतले  प्रमाणपत्र र मेडलसहित पुरस्कार ...
प्रतिनिधि सभा निर्वाचन : देशभरबाट ४९ जनाले फिर्ता लिए उम्मेदवारी

प्रतिनिधि सभा निर्वाचन : देशभरबाट ४९ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको आयोगले जनाएको छ ।
विराटनगरको बरगाछीमा मर्मतपछि ट्राफिक लाइट सञ्चालन, अन्य स्थानको टुङ्गो छैन

विराटनगरको बरगाछीमा मर्मतपछि ट्राफिक लाइट सञ्चालन, अन्य स्थानको टुङ्गो छैन

विराटनगर । जेनजी आन्दोलनमा भएको तोडफोडका कारण क्षति पुगेको विराटनगरस्थित बरगाछीको ट्राफिक लाइट मर्मतपछि सञ्चालनमा आएको छ । दुर्घटनाको उच्च जोखिम रहेको बरगाछीमा बिहीबारबाट ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । ट्राफिक लाइट सञ्चालनमा आएसँगै सवारी आवागमनमा सहज भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । ‘ट्राफिक लाइटमा क्षति पुग्दा सवारी आवागमन अस्तव्यस्त बनेको थियो’, न्य...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख १ हजार ४ सय कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख १ हजार ४ सय कायम

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला नौ हजार दुई सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएक...
प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारहरूले चुनाव चिह्न पाउने

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारहरूले चुनाव चिह्न पाउने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । त्यसपछि निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु हुने छ । मतदान आउन अब ४१ दिन बाँकी छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज बिहान १० बजेदेखि ...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

विराटनगर । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्‍तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजाआराधना गरि सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ । आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु ग...
माघ १० बाट हिसान मोरङ स्पोर्ट्स मिट, ३२ हजार विद्यार्थी सहभागि हुने

माघ १० बाट हिसान मोरङ स्पोर्ट्स मिट, ३२ हजार विद्यार्थी सहभागि हुने

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा माघ १० गतेदेखि ‘हिसान मोरङ स्पोर्ट्स मिट’ सुरु हुने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १७ गतेसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा करिब ३२ हजार विद्यार्थी सहभागि हुने जनाएको हो । ‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरका संस्थागत विद्या...
उदयपुरबाट १४३ किलो गाँजा बरामद, दुई नाबालकसहित तीन जना पक्राउ

उदयपुरबाट १४३ किलो गाँजा बरामद, दुई नाबालकसहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ कान्चिराङ क्षेत्रबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-७ खमारेका २१ वर्षीय उमेश राई छन् । अन्य २ जना नाबालक रहेका प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार १४३ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार करिब ८ः४० बजे पक्राउ गरेको हो । बोरामा ...
झापामा नेता पुरीको घर अवलोकन गर्दै ओलीले भने– विध्वंस मच्चाउनेहरू कारबाहीको दायरामा आउँछन्

झापामा नेता पुरीको घर अवलोकन गर्दै ओलीले भने– विध्वंस मच्चाउनेहरू कारबाहीको दायरामा आउँछन्

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् । आज झापाको दमक-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस्तो बताएका हुन् । उनले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने उल्लेख गरे । ‘सधैँ अराजकता कहाँ ट...
प्रतिनिधि सभा निर्वाचन : धनकुटाका उम्मेदवारविरुद्ध परेनन् उजुरी

प्रतिनिधि सभा निर्वाचन : धनकुटाका उम्मेदवारविरुद्ध परेनन् उजुरी

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका उम्मेदवारमाथि कुनै पनि उजुरी नपरेको पाइएको छ । धनकुटामा राजनीतिक दलका १४ र चार स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएकोमा कसैमाथि पनि उजुरी नपरेको हो । निर्वाचन आयोगले उम्मेदवारहरू माथि उजुरी गर्नका लागि बुधबार समय निर्धारण गरेको थियो । सो अवधिमा उम्मेदवारमाथि कसैले पनि उजुरी नगरेको निर्वाचन का...
तीन पहिचानवादी नेताहरूले दिए उज्यालो नेपाल पार्टीबाट राजीनामा

तीन पहिचानवादी नेताहरूले दिए उज्यालो नेपाल पार्टीबाट राजीनामा

विराटनगर । उज्यालो नेपाल पार्टीका तीन जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । कुलमान घिसिङ नेतृत्वको पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी उनीहरूले राजीनामा दिएका हुन् । पहिचानवादी नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले संयुक्तरूपमा राजीनामा दिएका हुन् । थेगिम पार्टीको समानुपातिक उम्मेदवार हुन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिय...
धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ चिनियाँ चोकबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ की ३३ वर्षीया मनमाया लिम्बुलाई पक्राउ गरेको हो । बुधबार दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेपछि प्र १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकल पछाडि सवार लिम्बुले बोकेको झोला चेकजाँच गर्दा ९ किलो ३ सय ग्राम गाँजा फेल...
कोशीका १४ जिल्लामा एक हजार ९०७ मतदान स्थल, ४३९ अति संवेदनशील

कोशीका १४ जिल्लामा एक हजार ९०७ मतदान स्थल, ४३९ अति संवेदनशील

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा एक हजार नौ सय सात मतदान स्थल कायम गरिएको छ । ती मतदान स्थलमा चार हजार दुई सय ७० मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये चार सय ३९ मतदान स्थल अति संवेदनशील रहेका निर्वाचन आयोगले जनाएको छ । मोरङमा सबैभन्दा धेरै तीन सय छ वटा मतदान स्थल छन् । यस्तै झापामा दुई सय ८५, सुनसरीमा एक सय ६५, इलाममा एक सय ५० र खोटा...
सुनको मूल्य २९ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ? 

सुनको मूल्य २९ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ? 

विराटनगर । नेपाली बजारमा आज नयाँ रेकर्डबाट सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । लगातार नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्...
error: Content is protected !!