विराटनगरमा नवरात्रिको अवसरमा विशेष वैदिक उत्सव हुँदै

विराटनगरमा नवरात्रिको अवसरमा विशेष वैदिक उत्सव हुँदै

विराटनगर । विराटनगरमा नवरात्रिको अवसरमा विशेष नवरात्रि उत्सव तथा वैदिक अनुष्ठान आयोजना हुने भएको छ । द आर्ट अफ लिभिङ नेपालको आयोजनामा असोज ३० देखि कात्तिक १ गतेसम्म नवरात्रि उत्सव हुन लागेको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दै श्री श्री रवि शंकर विद्या मन्दिर विराटनगर-२ मा हुन लागेको उत्सवमा वैदिक परम्परा, साधना, संस्कृति र सामूहिक आध्यात्मिक अनुभूतिको सुन्दर संगम प्रस्तुत गरिने जनाएको छ । क...
तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला

तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ लम्बु दोभानस्थित तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला परेको छ । असोज १७ गते नुहाउने क्रममा बेपत्ता भएका   म्याङ्लुङ-१ का करिब १६ वर्षीय डिपलक लिम्बुको शव फेला परेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित तमोर नदीमा बिहीबार अपराह्‍न शव फेला परेको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी लक्ष्मण ओलीले जानकारी दिए । ‘बेपत्ता भएपछि निरन्तर...
पत्रकार आचार्य रास्वपाको ‘क्यान्डिडेट क्लब’ मा, कानेपोखरी गाउँपालिका अध्यक्षमा भिड्ने तयारी

पत्रकार आचार्य रास्वपाको ‘क्यान्डिडेट क्लब’ मा, कानेपोखरी गाउँपालिका अध्यक्षमा भिड्ने तयारी

विराटनगर  । विराटनगरका पत्रकार अर्जुन आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित उनी ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका हुन् । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले केही महिनाअघि नै रास्वपाको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत रहने क्लबमा आवेदन दिएका थिए । कानेपोखरी गाउँपालिका-४ ...
विराटनगरमा फेला परेकी बालिकालाई लगाइयो अभिभावकको जिम्मा

विराटनगरमा फेला परेकी बालिकालाई लगाइयो अभिभावकको जिम्मा

विराटनगर । विराटनगरमा बेवारिसे अवस्थामा फेला परेकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । बिहीबार दिउँसो करिब १५ः३० बजे विराटनगर-७ स्थित कोशी अस्पताल छेउमा फेला परेकी बालिकालाई आमाको जिम्मा लगाइएको हो । गस्तीमा खटिएको सीआरभी टोलीले रुँदै गरेको अवस्थामा बालिकाको उद्धार गरेको थियो । हिँजो नै अभिभावक खोजेर बालिका जिम्मा लगाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘वि...
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य दुई लाख ९५ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय पाँच रुपैयाँ कायम भएक...
स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिका-२८ कालिकास्थित ओख्ले भीरमा स्कुल बस खस्दा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस ओख्ले भीरबाट करिब दुई सय मिटर तल खसेको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने एक जना लिफ्ट मागेर सोही बसमा उपचारका लागि हि...
विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट सुरू

विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट सुरू

विराटनगर । विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट औपचारिक रूपमा सुरू भएकाे छ । विराटनगरस्थित जैन भवनमा काेशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले मेलाकाे उद्घाटन गरेका हुन् । विराट व्यापार संघको आयोजनामा सुरू भएकाे मेला असाेज ३० गतेसम्म सञ्चालन हुने छ । मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका करिब १५० वटा स्टल राखिए छन्। चाडपर्वको किनमेल गर्न सीमापारि भारतीय बजार जानुपर्ने बाध्यता ...
विराटनगरमा विद्यार्थीको सिर्जनशीलता उद्योगसँग जोड्न डिजाइन थिङ्किङ कार्यशाला

विराटनगरमा विद्यार्थीको सिर्जनशीलता उद्योगसँग जोड्न डिजाइन थिङ्किङ कार्यशाला

विराटनगर । विराटनगरमा उद्योग संगठन मोरङ अन्तर्गतको उद्यमशीलता तथा नवप्रवर्तन इकाइको आयोजनामा चारदिने ‘डिजाइन एण्ड थिङ्किङ’ कार्यशाला सञ्चालन भएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका २० जना विद्यार्थी सहभागी कार्यशालामा उत्पादन, कृषि, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या पहिचान गरी तिनको सम्भावित समाधानका लागि विभिन्न विकल्प सहितको प्रोटोटाइप तयार गरिएको हो । जसमा विद्यार्थीहरूले आफ्नो अवध...
विराटनगरका रुग्ण सहकारीलाई एकीकरण गरेर सक्षम बनाउन जोड

विराटनगरका रुग्ण सहकारीलाई एकीकरण गरेर सक्षम बनाउन जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहकारी संस्थाको संख्या बढाउनेभन्दा सक्षम, सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन जोड दिने बताएका छन् । महानगरपालिकाको सहकारी शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर कोइरालाले कमजोर तथा रुग्ण सहकारी संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि एकीकरण उपयुक्त विकल्प भएको बताए । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न महानगरप...
७४ फर्मको अनुगमन, २९ वटालाई ६ लाख ९२ हजार जरिवाना

७४ फर्मको अनुगमन, २९ वटालाई ६ लाख ९२ हजार जरिवाना

विराटनगर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर र आसपासको बजार क्षेत्रमा अनुगमन तीव्र पारिएको छ । सरोकारवाला निकायहरूको संयुक्त अनुगमन टोलीले खाद्यान्न, औषधि, होटल, कपडा, जुत्ता-चप्पल, माछा-मासु तथा डेरीसहित कुल ७४ वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो । असोज ९ गतेयता भएको अनुगमनमा कैफियत फेला परेका २९ वटा फर्महरूलाई कुल ६ लाख ९२ हजार रुपैया...
विराटनगरमा महिला अधिकार र कानुनी उपचारसम्बन्धी सचेतना

विराटनगरमा महिला अधिकार र कानुनी उपचारसम्बन्धी सचेतना

विराटनगर । विराटनगरमा महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम आयोजना भएको छ । महिलालाई आफ्ना कानुनी अधिकारबारे जानकारी गराउँदै सामाजिक तथा कानुनी रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । करिब ५० जना महिलाको सहभागिता रहेको कार्यक्रममा महिलाका संवैधानिक तथा कानुनी अधिकार, घरेलु हिंसा, वैवाहिक बलात्कार, साइबर अपराध, बाल अधिकार, प्रजनन स्वास्थ्य तथा महिलाको सम्पत्तिमाथिको अधिक...
लेटाङमा घरबाटै भरुवा बन्दुक बनाएर बिक्री, आरनसहित पूर्ण लावती पक्राउ

लेटाङमा घरबाटै भरुवा बन्दुक बनाएर बिक्री, आरनसहित पूर्ण लावती पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गीस्थित कोलाघारीबाट प्रहरीले भरुवा बन्दुक र हतियार निर्माणमा प्रयोग हुने पार्टपुर्जासहित एक जनालाई नियन्त्रणमा लिएको छ । आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक बनाएर बिक्री-वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान सोही स्थानका ४५ वर्षीय पूर्ण लावती लिम्बूलाई पक्राउ गरेको हो । लिम्बूको घर खानतलासी गर्दा घरभित्र लुकाएर राखिएको अवस...
धनकुटाको सुकेपोखरीमा ट्रक दुर्घटना

धनकुटाको सुकेपोखरीमा ट्रक दुर्घटना

विराटनगर । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना भएको छ । आज बिहान करिब ५ः४५ बजे इटहरीबाट खाँदबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८८९४ नम्बरको ट्रक दुर्घटना भएको हो । १० टन आलु लोड भएको ट्रक सडकको व्यारिकेट भत्काएर साइटमा अड्किएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । प्रहरीका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हो । दुर्घटनाम...
विराटनगरमा आजबाट ‘विराट ट्रेड फेयर’ सुरु हुँदै

विराटनगरमा आजबाट ‘विराट ट्रेड फेयर’ सुरु हुँदै

विराटनगर । विराटनगरमा आजबाट ‘विराट ट्रेड फेयर’ सुरु हुँदै छ । विराटनगरको जैन भवनमा सुरु हुन लागेको मेलाको आज दिउँसो २ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गर्नेछन् । विराट व्यापार संघले ‘चाड पर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने मूल भावनाका साथ मेला आयोजना गरेको हो । स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र चाडपर्वको समयमा उपभोक्ता तथा व्यवसायीलाई एउटै ठाउँमा ज...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ९० रुपैयाँ कायम भएको छ । बुधब...
भेडेटारमा दुर्घटना भएको स्कार्पियोभित्र भेटियो ३४१ किलो गाँजा

भेडेटारमा दुर्घटना भएको स्कार्पियोभित्र भेटियो ३४१ किलो गाँजा

धनकुटा । धनकुटाको भेडेटारमा दुर्घटना भएको स्कार्पियो गाडीभित्र गाँजा फेला परेको छ । भेडेटारको स्काइवाक नजिक दुर्घटना भएको बा १३ च ६२७५ नम्बरको स्कार्पियो गाडीभित्र ३४१ किलो गाँजा भेटिएको हो । ढुंगेबाट भेडेटारतर्फ आउँदै गरेको सो स्कार्पियो मङ्गलबार राती करिब १२ बजे सडकबाट करिब १५ मिटर तल खसेको थियो । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले गाडीभित्र हेर्दा गाँजा फेला परेको धनकुटाका प्रहरी प्...
झापाको बिर्तामोड बजारमा भीषण आगलागी

झापाको बिर्तामोड बजारमा भीषण आगलागी

झापा । झापाको बिर्तामोड बजारमा भीषण आगलागी भएको छ । बिर्तामोड नगरपालिका-४ स्थित सोफा फ्याक्ट्रीबाट आगलागी सुरु भएको हो । आगोले आसपासका चार वटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि चार वटा दमकल परिचालन गरिएको छ । इलामबाट पनि दमकल मगाइएको छ । हालसम्म...
अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा सुवर्ण कटवाल चयन

अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा सुवर्ण कटवाल चयन

धनकुटा । अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा सुवर्ण कटवाल चयन भएका छन् । कटवालको नेतृत्वमा २४ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा पेशल पौडेल र श्रद्धा राई, सचिवमा सविन रम्तेल, सह-सचिवमा प्रविन भट्टराई र कोषाध्यक्षमा विवश राई चयन भएका छन् । सदस्यमा विक्रम खड्का, मिलन अधिकारी, अविनाश राई, मनिष घिमिरे, मनिष कार्की, सौरभ खड्का, सन्देश खड्का, वन्दना तामाङ, दी...
विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुती

विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुती

विराटनगर । विराटनगरको जैन भवनमा असोज २२ गतेबाट सुरु हुने ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विराट व्यापार संघले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगको जानकारी दिएको हो । ‘चाड पर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको मेलाले विराटनगरको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने ...
काँग्रेसको १५ औं महाधिवेशन : महामन्त्रीमा डा. सुनील शर्माले गराए उम्मेदवारी दर्ता

काँग्रेसको १५ औं महाधिवेशन : महामन्त्रीमा डा. सुनील शर्माले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत डा. सुनीलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज काठमाडौंको खुलामञ्चमा उनले औपचारिक उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । आइतबारबाट सुरु भएको काँग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनको प्...
घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का खस्दा ७ जना घाइते

घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का खस्दा ७ जना घाइते

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्काले लाग्दा सात जना घाइते भएका छन् । मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का खसेको हो । घरनजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका कैलाली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको र स...
विराटनगरमा नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटर पानी वितरणको तयारी

विराटनगरमा नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटर पानी वितरणको तयारी

विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सम्पन्न भएपछि पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । अब विराटनगरवासीले दशैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ । परियोजना हस्...
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका-२ का ३३ वर्षीय योगेन मगर पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई विराटनगर-१६ दरैयामा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनको साथबाट १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका मगरलाई इल...
विराटनगरदेखि भेडेटारसम्म पोडवे विस्तार गर्न उद्योगी व्यवसायीको सुझाव

विराटनगरदेखि भेडेटारसम्म पोडवे विस्तार गर्न उद्योगी व्यवसायीको सुझाव

विराटनगर । पोडवे योजनालाई विराटनगरदेखि धनकुटाको भेडेटारसम्म विस्तार गर्न उद्योगी व्यवसायीहरूले सुझाव दिएका छन् । काठमाडौंको पोडवे कम्पनीले विराटनगरका उद्योगी, व्यवसायी तथा सम्भावित लगानीकर्तामाझ परियोजनाबारे जानकारी गराउने क्रममा उद्योगी-व्यवसायीहरूले उक्त सुझाव दिएका हुन् । विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजनालाई प्रारम्भिक ७ किलोमिटर रानी-बसपार्क खण्डमा विस्तार गर्ने प्रस्ताव छ । यसलाई य...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको सोमबारकै मूल्यमा कारोबार भइरहेको हो । आज सुनको मूल्य दुई लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार...
मोरङको जहदाबाट २१० किलो गाँजा बरामद

मोरङको जहदाबाट २१० किलो गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ नयाँ बस्तीबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सोमबार राति ९ बजे खटिएको सशस्त्रको टोलीले लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाइने तथा ओसार-पसारमा संलग्नको खोजी भइरहेको सशस्त्रले जनाएको छ ।
मोरङको धनपालथानमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका विकको मृत्यु

मोरङको धनपालथानमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका विकको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ रङ्गकालीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । रंगेलीबाट विराटनगर आउँदै गरेको को २५ प.७७४७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल सोमबार साँझ करिब ६ः४० बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ७७४७ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका ७ मिलन चोकका २२ वर्षी...
मोरङको बुढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

मोरङको बुढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित कोशी लोकमार्गमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको लहान नगरपालिका-३ का १८ वर्षीय डाइमन कुमार कुशवाहाको मृत्यु भएको हो । आज बिहान विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्र ०२-०६१ प ७८५२ नम्बरको मोटरसाइकलले नेमुवाबाट रविचोक जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार डाइमन गम्भीर घाइते भएका थिए । उन...
विराटनगरमा अस्पतालबाट चोरी भयो मोटरसाइकल

विराटनगरमा अस्पतालबाट चोरी भयो मोटरसाइकल

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल नजिकबाट मोटरसाइकल चोरी भएको छ । अस्पतालमा उपचारका लागि आएका झापाको झापा गाउँपालिका-१ का घनश्याम सिटौलाको मोटरसाइकल चोरी भएको हो । पार्किङमा राखिएको प-१-०१-०१५ प ९८४६ नम्बरको हिरो होन्डा मोटरसाइकल आइतबार दिउँसो करिब १ बजे चोरी भएको मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले संगालोखबरलाई जानकारी दिए । मोटरसाइकल हराएपछि सम्बन्धि...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य दुई लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय ३० रुपैयाँ कायम भएको ...
सुनसरीको इनरुवाबाट २५६६ किलो गाँजासहित धनकुटाका दुई जना पक्राउ

सुनसरीको इनरुवाबाट २५६६ किलो गाँजासहित धनकुटाका दुई जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार राति करिब ११ः५० बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले ट्रकबाट गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै प्रहरीले ट्रक चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही स्थानका १८ वर्षीय सन्दीप राई छन् । पूर्वबा...
error: Content is protected !!