
विराटनगर । नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्री देवी चन्द्रघण्टाको पूजाआराधना गरिँदै छ । दशैँघर तथा घरघरका पूजाकोठामा देवीको विधिपूर्वक पूजा गरी भक्तजनले शक्ति, साहस र कल्याणको कामना गर्ने गरिन्छ ।
पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने देवीलाई चन्द्रघण्टा भनिएको हो । मार्कण्डेय पुराणमा पनि चन्द्रघण्टाको स्वरूप र नामको व्याख्या गरिएको छ । देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
चन्द्रघण्टा देवीलाई अन्याय र अत्याचारको नाश गर्ने शक्तिका रूपमा समेत वर्णन गरिएको छ । धार्मिक विश्वासअनुसार उनको आराधना र ध्यानले भक्तजनमा साहस तथा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । यस दिन देवीको ध्यान गर्दा मणिपुर चक्रमा केन्द्रित हुने परम्परा पनि रहेको छ ।

संगालोखबर 




















