
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय १५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार चार सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















