आमसञ्चार विधेयक अघि बढाउने कोशी सरकारको तयारी
विराटनगर । कोशी प्रदेश सरकारले आगामी प्रदेश सभाको अधिवेशनबाट प्रदेश आमसञ्चार विधेयक अघि बढाउने तयारी गरेको छ । प्रदेश सभाको अघिल्लो अधिवेशनबाटै पारित गर्न खोजिएको उक्त विधेयकका केही व्यवस्थाप्रति पत्रकारहरूले विरोध जनाएपछि रोकिएको विधेयक पुनः अघि बढाउने तयारी थालिएको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा आमसञ्चारसम्बन्धी विधे...































