मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ ।
सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो ।
घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको ...



























