संगालोखबर

रौतहट । कटहरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित दम्पतीलाई शनिबार पक्राउ गरेको छ । साढे १० किलो ५ सय ग्राम गाँजासहित बाराको निजगढ–१ बस्ने ४२ वर्षीय अनन्त बराइली, उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

छेदीचोक अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले कटहरिया–२ मा प्र।२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा समातिएको जिल्ला प्रहरी रौतहटका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा गाँजा ओसारपसार हुने सूचना भएपछि प्रहरीले निगरानी बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!