संगालोखबर


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ ।दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

प्रहरीका अनुसार राप्ती घर भई सोही घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीमगरले आइतबार राति चक्कुले घाँटीमा प्रहार गरेका थिए । घाइते चौधरीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

Advertisement

उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाका अनुसार निमबहादुरलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!