संगालोखबर

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको आगलागीमा परी बस्ती नै सखाप भएको छ । आगलागीमा परी कम्तीमा दुई सयवटा घरटहरा जलेको जनाइएको छ ।

Advertisement

आगो निभाउन तीनवटा दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् । हालसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

महादेवा गाउँपालिकाका वडाध्यक्ष जयकिशोर दासले दुई सयभन्दा बढी परिवार विस्थापित भएको जनाए ।

आगलागीबाट स्थानीय बासिन्दाको घरटहरासहित धनमाल, अन्नलगायत सामग्री नष्ट भएको छ । कतिपयले पालेका चौपाया पनि आगोमा जलेको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!