संगालोखबर
दाङ । दाङको राजपुरमा आगलागीबाट २३ घरगोठ जलेका छन् । राजपुर गाउँपालिका–७ हाडबासस्थित गाईघाट सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो बस्तीमा फैलँदा २३ घरगोठ जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लक अनुसार आगलागीबाट ८७ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट विस्थापित भएका ९९ जनालाई नजिकैको आ–आफ्नो पाखो बारीमा बस्ने व्यवस्था मिलाएको उनले बताए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!