राष्ट्रिय हक्की च्याम्पियनसिपः कोशी टिमका सबै खेलाडी झापाको पुँहातुबारीका

राष्ट्रिय हक्की च्याम्पियनसिपः कोशी टिमका सबै खेलाडी झापाको पुँहातुबारीका

झापा । पोखरामा हुने गिरिजाप्रसाद कोइराला स्मृति पाँचौँ संस्करण राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा सहभागी हुने कोशी प्रदेशको टिमलाई बिदाइ गरिएको छ । कोशी प्रदेशको टिममा सबै खेलाडी झापाको भद्रपुर–९ पुँहातुबारीका छन् । टिमको प्रशिक्षकमा दिपक खतिवडा छन् । झापाको बिर्तामोडमा आज एक कार्यक्रम आयोजना गरी झापा जिल्ला हक्की संघले प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेको हो । प्रतियोगिता ...
प्रदेशसभाबाट पारित भयो कोशी सरकारको बजेट

प्रदेशसभाबाट पारित भयो कोशी सरकारको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । आज बसेको प्रदेशसभाको १३औं बैठकले विनियोजन विधेयक–२०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०८१ पारित गरेको हो । सरकारले असार १ गते चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । असार ४ गतेदेखि बजेटमाथि छलफल सुरु भएको थियो । चार दिनको छल...
विराटनगरको सिंघिया खोला किनारमा भेटियो महिलाको शव

विराटनगरको सिंघिया खोला किनारमा भेटियो महिलाको शव

विराटनगर । विराटनगरको सिंघिया खोला किनारमा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । विराटनगर महानगरपालिका–१४ जतुवामा फेला परेकी महिलाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार सडेको अवस्थामा महिलाको शव भेटिएकाले तत्काल पहिचान हुन नसकेको हो । गएराति फेला परेको शव सडेको अवस्थामा पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा...
झापामा भन्सार छलेर भित्र्याइएका लाखौंका सामग्री बरामद

झापामा भन्सार छलेर भित्र्याइएका लाखौंका सामग्री बरामद

झापा । झापाका छुट्टाछुट्टै स्थानबाट भन्सार छलेर आयात गरिएका लाखौं रुपैयाँ बराबरका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ । बरामद गरिएका सामग्रीहरुमा कपडा, शृंगारका सामग्री लगायत छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत इलाका प्रहरी र मातहत कार्यालयबाट खटिएका टोलीहरुले ती सामग्री बरामद गरेका हुन् । भारतबाट भित्र्याइएको रेडिमेड कपडा कुर्था सुरुवाल, विभिन्न प्रकारका किराना सामानहरु, जुत्ता, माछा र शृं...
शिक्षकले विद्यार्थीको निधारमा ‘मेरो कापी छैन’ लेखिदिएपछि…

शिक्षकले विद्यार्थीको निधारमा ‘मेरो कापी छैन’ लेखिदिएपछि…

उदयपुर । शिक्षकले विद्यार्थीलाई कुनै किसिमको सजाय दिनु, दुर्व्यवहार गर्नु हुँदैन । अझ विद्यार्थी निरुत्साहित हुने खालका गतिविधि त गर्नै हुँदैन । उनीहरुले कुनै गल्ती गरेको अवस्थामा त्यसो गर्नु ठिक होइन भनेर सुधार्ने प्रयास गर्नुपर्ने महत्वपूर्ण भूमिका शिक्षकको हुन्छ । तर कतिपय शिक्षकले आफ्नो जिम्मेवारीको महत्व राम्ररी बुझेका हुँदैनन् । यस्तै भएको छ उदयपुरमा । कटारी नगरपालिका–२ खोक्सास्थित कमला आ...
सन्दीप, रोहित र ऐरीले क्यानाडामा ‘ग्लोबल टी–२०’ खेल्ने

सन्दीप, रोहित र ऐरीले क्यानाडामा ‘ग्लोबल टी–२०’ खेल्ने

विराटनगर । नेपालका तीनजना क्रिकेटरले क्यानाडामा हुने यसपटकको ग्लोबल टी–२० प्रतियोगितामा खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका हुन् । रोहितले ‘टोरन्टो नेशनल’ बाट खेल्ने जनाइएको छ। उनले पहिलोपटक ग्लोबल लिग खेल्न लागेका हुन् । यसैगरी, सन्दीप र दिपेन्द्रले एउटै टिमबाट खेल्ने भएका छन् । खेलका लागि उनीह...
विपदमा काम गर्न विराटनगर महानगरले बनायो ‘द्रुत्त प्रतिकार्य टोली’

विपदमा काम गर्न विराटनगर महानगरले बनायो ‘द्रुत्त प्रतिकार्य टोली’

विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहत कार्यका लागि विराटनगर महानगरपालिकाले ‘द्रुत्त प्रतिकार्य टोली’ बनाएको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा प्रतिकार्य टोली बनाइएको हो । टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल छन् । त्यस्तै, आर्थिक व्यवस्थापनमा सञ्जीवकुमार भट्टराई, आवास व्यवस्थापनमा कृष...
कार्गो रेल सेवाले निरन्तरता नपाउँदा औद्योगिक क्षेत्रले फाइदा लिन सकेन

कार्गो रेल सेवाले निरन्तरता नपाउँदा औद्योगिक क्षेत्रले फाइदा लिन सकेन

विराटनगर । मोरङको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीमा भारतबाट आउने कार्गो रेल नियमित हुन सकेको छैन । गत वर्ष जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका बेला भारतको बथनाहादेखि कच्चापदार्थ बोकेर रेल आएको थियो । त्यसयता भने कार्गो रेलले निरन्तरता पाउन सकेको छैन । भारतको कोलकाता बन्दरगाहबाट आउने चार प्रकारको सामान मात्र कार्गो रेलबाट ल्याउन अनुमति भएकाल...
पत्रकार महासंघको निर्वाचन असार २२ गते

पत्रकार महासंघको निर्वाचन असार २२ गते

विराटनगर । नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि असार २२ गते निर्वाचन हुने भएको छ । सदस्यता विवादका कारण यसअघि तोकिएको मितिमा हुन नसकेपछि निर्वाचन स्थगित भएको थियो । महासंघको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली असार १२ गते प्रकाशन हुनेछ । असार १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ ग...
झापामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

झापामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

झापा । झापाको भद्रपुर–धुलाबारी सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मे...
बाढीपहिरोले संखुवासभाको मकालु-२ का २४ परिवार विस्थापित

बाढीपहिरोले संखुवासभाको मकालु-२ का २४ परिवार विस्थापित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका–२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार पहिरोको उच्च जोखिममा परेका २४ परिवार छिमेकी र आफन्तको घरमा बसिरहेका छन् । बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेक...
पोखरिया माविद्वारा अब्बल विद्यार्थीलाई छात्रवृत्ति

पोखरिया माविद्वारा अब्बल विद्यार्थीलाई छात्रवृत्ति

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८० का अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिसहित पुरस्कृत गरेको छ । कक्षा १ देखि १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो । शुक्रबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो । नमुना विकास कार्यक्रमअन्तर्गत विद्यालयको आन्तरिक स्रोतबाट...
अन्तरविद्यालय फुटबलः विराटनगरको डन बस्कोले गर्यो विजयी सुरुआत

अन्तरविद्यालय फुटबलः विराटनगरको डन बस्कोले गर्यो विजयी सुरुआत

विराटनगर । विराटनगरको डन बस्को स्कुलले एसइई अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबार सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । कुल ५० मिनेटको खेलमा जित हात पारेको डनबस्कोका लागि युनिक राई, निकुश खतिवडा, र तनुज राजवंशीले गोल गरेका थिए । पहिलो खेलमा पराजित हुद...
खोटाङमा बन्दुकसहित एकजना पक्राउ

खोटाङमा बन्दुकसहित एकजना पक्राउ

खोटाङ । खोटाङको रावावेंशी गाउँपालिका–६ का ४५ वर्षीय दिलबहादुर राईलाई एउटा भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जाल्पास्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई बिहिवार अपराह्न पक्राउ गरेको हो । राईले गोठमा लुकाएर राखेको भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका राईबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
विराटनगरमा भोलिदेखि सुपर सिक्स क्रिकेट प्रतियोगिता

विराटनगरमा भोलिदेखि सुपर सिक्स क्रिकेट प्रतियोगिता

विराटनगर । विराटनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ विराटनगरको आयोजनामा भोलि र पर्सि प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगितामा कोशी र मधेश प्रदेशका २० टिमको सहभागिता हुने जानकारी दिएको छ । विराटनगर–६ स्थित म्यारी लिबोन ज्याला क्रिकेट मैदानमा हुने खेल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । पाँच ओभरमा हुने खेलको एक टिममा ६ ...
११ महिनामा ७ अर्ब ४७ करोडको अलैंची निर्यात

११ महिनामा ७ अर्ब ४७ करोडको अलैंची निर्यात

  विराटनगर । मुलुकबाट निर्यात हुने वस्तुहरुको सूचीमा पूर्वी पहाडी जिल्लाको मुख्य उत्पादन अलैंची अग्रणी स्थानमा पर्छ । यसको निर्यातबाट उल्लेख्य आम्दानी हुने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अलैंची मुख्य रुपमा कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गर्छ । सबैभन्दा बढी ताप्लेजुङ जिल्लामा उत्पादन हुने अलैंची, इलाम, पाँचथर, धनकुटा, सं...
आन्दोलनरत् कोशी प्रदेशका लेखा अधिकृतहरुले मन्त्रीलाई बुझाए ज्ञापनपत्र

आन्दोलनरत् कोशी प्रदेशका लेखा अधिकृतहरुले मन्त्रीलाई बुझाए ज्ञापनपत्र

विराटनगर । प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधनको मागसहित आन्दोलनमा उत्रिएका कोशी प्रदेशका लेखा अधिकृतहरूले आज आर्थिक मालिा तथा योजनामन्त्री रामबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् । तह वृद्धिका लागि ऐनले विभेद गरेको भन्दै लेखा अधिकृतहरूले हिजोदेखि आन्दोलन सुरु गरेका थिए । काम छाडेर उनीहरु आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी प्रक्रिया अवरुद्ध भएको छ । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले चौथो तह, छ...
उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष खड्काको निधन

उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष खड्काको निधन

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष पदम खड्काको निधन भएको छ । ९ दिनअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, राजधामी चोकमा सिटी सफारीसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा उनी घाइते भएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि उनलाई काठम...
सुनको मूल्य तोलामा १९ सयले बढ्यो

सुनको मूल्य तोलामा १९ सयले बढ्यो

विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुन प्रति १० ग्राम १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुप...
खैरो हेरोइनसहित झापामा दुईजना भारतीय पक्राउ

खैरो हेरोइनसहित झापामा दुईजना भारतीय पक्राउ

झापा । भारतबाट नेपालतर्फ लागुऔषध भित्र्याउन सक्रिय दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सालमारा भन्ने ठाउँमा बिहिवार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साइकलमा आइरहेका भारतको किसनगन्जका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा आइरहेको पाइएपछि प्रहरीले उनीहरुको जाँच गरेको थियो । त्यस क्रममा उनीहरुको...
भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन

भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन

विराटनगर । तत्कालका लागि एक अर्ब रुपैयाँ भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन भएको छ । भुक्तानी नपाएको भन्दै किसान र दुग्ध उत्पादक संस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गर्दै आएका थिए । काठमाडौंस्थित दुग्ध विकास संस्थान (डीडीसी) घेराउ गर्नेलगायत आन्दोलनका कार्यक्रम गर्दै आएका उनीहरुले सरकारी आश्वासनपछि आन्दोलन स्थगन गरेका हुन् । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रा...
धनकुटाको महालक्ष्मीमा विद्युतीय गाडी दुर्घटना

धनकुटाको महालक्ष्मीमा विद्युतीय गाडी दुर्घटना

धनकुटा । महालक्ष्मी नगरपालिका–५ बरडाँडानजिक विद्युतीय माइक्रो गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४२७६ नम्बरको यात्रुबाहक माइक्रो आफैं अनियन्त्रित भइ सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बिहिवार अपराह्न भएको उक्त दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया कल्पना दाहाल र भोजपुरको भोजपुर नगरपालिका–७ की २३ वर्षीया सीमा राई घाइत...
मोरङको रंगेलीमा खेतमा काम गरिरहेका वृद्ध मृत भेटिए

मोरङको रंगेलीमा खेतमा काम गरिरहेका वृद्ध मृत भेटिए

विराटनगर । मोरङको रंगेलीमा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन् । रंगेली नगरपालिका–९ का ६० वर्षीय कात्तिकचन्द ऋषिदेव बिहिवार अपराह्न खेतमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खेतको आली लगाउने र रोपाइँका लागि तयार गर्ने काम जिम्मा लिएका उनी केही दिनदेखि काम गर्दै आएका थिए । प्रहरीका अनुसार काम गरिरहेकै अवस्थामा उनी मृत फेला परेका हुन् । स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गर...
एक साताभित्र आउँदै एसइईको नतिजा

एक साताभित्र आउँदै एसइईको नतिजा

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघिको अन्तिम तयारी भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १० तर्फ) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राल...
बाढीले संखुवासभामा पक्की पुल बगायो

बाढीले संखुवासभामा पक्की पुल बगायो

संखुवासभा । खाँदबारी–किमाथांका सडक खण्डको एकुवाखोला माथिको पक्की पुल बुधबार राति आएको बाढीले बगाएको छ । मकालु गाउँपालिकाबाट भोटखोला जोड्ने पक्की पुल बगाएको हो । पुल बगाएसँगै भोटखोला गाउँपालिका आवतजावत गर्न समस्या भएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाका अनुसार करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको हो । पुल बगाउँदा ४ करोडभन्दा बढी क्षति भएको योजना प्रमुख इन्जिनियर सविन कोइरालाले बताए । यो पुल ...
मोडर्न एराले जित्यो प्याब्सन विराट कपको उपाधि

मोडर्न एराले जित्यो प्याब्सन विराट कपको उपाधि

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको मोडर्न एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहिवार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डीपीएस) लाई १–० गोलले हराउँदै मोडर्न एराले उपाधि जितेको हो । जितसंगै मोडर्न एराले २५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता डीपीएसले ११ हजार रुपैयाँमा चित्त बुझायो । जितका लागि मोडर्न एराका अमन माझीले खेलको ५५...
पूर्वमा सक्रिय मनसुन आइतवारसम्म देशभर फैलने

पूर्वमा सक्रिय मनसुन आइतवारसम्म देशभर फैलने

विराटनगर । केही दिनयता पूर्वी भेगमा बढी सक्रिय मनसुन आगामी आइतबारसम्म देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । नेपालमा मनसुन ...
नेपालीसहित आठ देशका कलाकारले गाएको ‘सङ्गीतम् परमानन्दम्’ आउँदै

नेपालीसहित आठ देशका कलाकारले गाएको ‘सङ्गीतम् परमानन्दम्’ आउँदै

विराटनगर । विश्वका आठ मुलुकका कलाकारहरूले स्वर दिएको ‘सङ्गीतम् परमानन्दम्’ गीत बिमोचन गरिने भएको छ । जुन २१ तरिख अर्थात् विश्व सङ्गीत दिवसको अवसरमा उक्त गीत विमोचन गर्न लागिएको हो । सङ्गीतले नै प्रत्येक जात जाति, श्रेणी, धर्मलगायतले खडा गरेको बाधा अड्चन छेल्दै हामीलाई एक उच्च रमणीय अनुभवमा पुर्याउने उद्देश्यका साथ भारतीय महिला संगीतकारहरूको अगुवाइमा उक्त गीत बनाइएको हो ।  उक्त गीतले अनेकतामा एक...
वर्षाजन्य विपद व्यवस्थापनका लागि मोरङ एमालेद्वारा कार्यदल गठन

वर्षाजन्य विपद व्यवस्थापनका लागि मोरङ एमालेद्वारा कार्यदल गठन

विराटनगर । नेकपा एमाले मोरङका सबै जनसंगठनहरु वर्षासँगै आउने विपद व्यवस्थापनको पूर्वतयारीमा जुटेका छन् । पार्टी कार्यालयमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले वर्षायाममा हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सक्रिय हुने निर्णय गरेको हो । संयन्त्रका प्रमुख रबिन थापाको संयोजकत्वमा २३ वटै जनसंगठनका जिल्ला अध्यक्षहरु रहने गरी कार्यदल गठन गर्दै विपद व्यवस्थापनमा लाग्ने तयारी गरिएको प्रेस चौतारी मो...
विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले स्थापना गरेको पुरस्कार यो वर्ष सातजना स्रष्टालाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएका कवि निबन्ध तथा आख्यानकार भुवन ढुङ्गानालाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार महेश संस्कृत गुरुकुलम् देवघाट तनहुँलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार हास्य व्यंग्यकार लक्...
विराटनगरमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क दन्त शिविर

विराटनगरमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क दन्त शिविर

विराटनगर । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको हो । ६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । बिहिवार बिहान विराटेश्वर वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूको र दिउँसो वडा कार्यालयमा वडाबासीहरूको दन्त परीक्षण गरिएको वडाध्यक्ष राम पोखर...
error: Content is protected !!