खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु
विराटनगर । मोरङ र खोटाङमा खोलामा डुबेर दुईजना वृद्धाको मृत्यु भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको स्थानीय मखु खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बजारबाट फर्कने क्रममा मेखु खोलामा आएको भेलले बगाएर उनी बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको हो ।
यसैगरी, विराटनगर महानगरपालिका–१ स...































