यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना
विराटनगर । केही दिनदेखिको अचाक्ली गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला विराटनगरसहित कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरु हुने जनाएको थियो ।
यो क्रम भोलिबाट थप बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ । मनसुन सक्रिय भएपनि पानी पर्ने प्रणाली कमजोर भएका कारण केहिदिनदेखि देशभर गर्मी बढेको थियो । अहिले...



























