विराटनगर । केही दिनदेखिको अचाक्ली गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला विराटनगरसहित कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरु हुने जनाएको थियो ।
यो क्रम भोलिबाट थप बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ । मनसुन सक्रिय भएपनि पानी पर्ने प्रणाली कमजोर भएका कारण केहिदिनदेखि देशभर गर्मी बढेको थियो । अहिलेपनि कोशीसहित मधेष र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
यस्तै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।