संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले ई–रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेट तालिम सञ्चालन गर्ने भएको छ । स्विस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा तालिम सञ्चालन गर्न लागेको हो ।

Advertisement

युवाहरू स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । महानगरले ई-रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेट सम्बन्धी तालिम ४०/४० जनालाई दिन लागेको हो ।

विराटनगर स्थायी घर भएकालाई तालिममा विशेष प्राथमिकता दिने मेयर नागेश कोइरालाले जानकारी दिए ।

ई-रिक्सा तालिमका लागि कम्तीमा ८ कक्षा पास गरेको र गार्मेन्ट फेब्रिकेटका लागि सामान्य सिलाइ कटाइको अनुभव भएको हुनुपर्ने छ । इच्छुकलाई आवेदन फर्म भर्न समेत महानगरले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!