वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित
विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराब भएकाले उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
आज बिहानदेखि कुनैपनि विमानले उडान र अवतरण गरेका छैनन् । विराटनगरसहित विभिन्न स्थानमा हिजोदेखिनै निरन्तर वर्षा भइरहेको छ । वर्षा कारण विराटनगरका धेरै ठाउँमा पानी जम्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा विगत २४ घण्टामा १४...































