संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज बिहान खोलामा तैरिएको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।

‘शव हेर्दा तीनचार दिन अगाडिको जस्तो छ । अहिलेसम्म पहिचान खुलेको छैन’, डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘मृत व्यक्ति विराटनगर-११ का हुन भन्ने कुरा आएको छ । अनुसन्धानपछि सबै कुरा खुल्छ ।’

Advertisement

बस्नेतले शव सडिसकेकाले केही दिन अगाडिको घटना भएको हुनसक्ने बताए । अहिले शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको र ठेगाना पत्ता लगाउने काम भइरहेको जानकारी दिए । आफन्त सम्पर्कमा आइसकेपछि घटनाको कारण खुल्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!