संगालोखबर

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईँलाई आज दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो ।

Advertisement

झापाको बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा विभिन्न गतिविधि गर्दै आएका थिए । उनले विभिन्न व्यक्तिहरूलाई कपोकल्पित आरोप लगाएर आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । उनीसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि उजुरी छ ।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि प्रसाईँलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुरस्थित उनको घर पुगेको थियो । प्रसाईँले गेट नखोलेपछि कम्पाउण्ड नाघेर भित्र प्रवेश गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएपछि यसअघि उनका समर्थकले विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!