संगालोखबर

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समुदायमा विश्वास, सहयोग र सद्भावको भावना प्रगाढ बनाउने बताएकी छन् । अप्पन विराटगढ परोकार समाजको आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

Advertisement

उनले जितियाले मुलुकभित्रका विभिन्न जातजाति, भाषाभाषी र समुदायकाबीचमा एकता र समझदारीको भावनालाई सबल बनाउँदै वृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउने उल्लेख गरिन् ।

पूर्व राष्ट्रपति भण्डारीले जानकी सभ्यताका कारण मिथिला भूमि प्राचीन भूमिका रूपमा रहेको उल्लेख गर्दै मैथिली समुदायको कला संस्कृति संरक्षणका लागि विद्यापतिको योगदान महत्वपूर्ण भएको बताइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वी झापादेखि मुलुकको मध्य खण्डसम्म जितिया पर्व मनाइँदै आएको उल्लेख गरे ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त मैथिली कलाकर्मीहरूले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!