संगालोखबर

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं काँग्रेस नेता डा.सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहाई गर्न माग गरेका छन् । प्रसाईँ पक्राउ परेलगत्तै आज सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर सांसद शर्माले यस्तो माग गरेका हुन् ।

Advertisement

बोलेकै आधारमा सामाजिक अभियन्तालाई पक्राउ गर्नु राज्य आतङ्क भएको उनको आरोप छ । प्रसाईँले पनि आफ्नो बोली बचन सुधार्नुपर्ने सांसद शर्माले आवश्यकता औँल्याए । ‘बोलेकै आधारमा एउटा समाजिक अभियन्तालाई पक्राउ गर्नु राज्य आतङ्क हो,’ सांसद शर्माले भनेका छन्, ‘दुर्गा प्रसाईँलाई तत्काल रिहाई गरिनुपर्छ, प्रसाईँले पनि आफ्नो बोली बचन सुधार्नु आवश्यक छ ।’

सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर आफ्ना गलत कामविरुद्ध बोल्ने, खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईँलाई गिरफ्तार गर्नु राज्य आतङ्क भएको सांसद शर्माको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!