संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१६ स्थित हुलास चोकमा एक युवती मृत फेला परेकी छन् । आज दिउँसो युवती मृत फेला परेकी हुन् । मृतक युवतीको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

मृतक युवतीको साथमा लागूऔषध फेला परेको बस्नेतले बताए । युवतीको भित्री बस्त्रभित्र एभिल, डाइजापाम र नोरजेसिक २२ एम्पुल फेला परेको हो ।

Advertisement

मृतक युवतीलाई पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ । मृत्युका कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!