संगालोखबर

विराटनगर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । यस पटक असोज २६ गते बिहान ११ः३६ बजे टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गरेर जनाएको छ ।

Advertisement

असोज १७ गते घटस्थापनाबाट दशैं सुरु हुन्छ । बिहान ९ः१६ बजे घटस्थापनाको साइत छ । २४ गते फूलपाती परेकाले बिहान ७ः११ बजेलाई फूलपाती भित्राउने शुभसाइत मानिएको छ । २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकैदिन परेको छ ।

२६ गते बडादशैंको मुख्य दिन टीका हो । बिहान ८ः३३ बजे देवी विसर्जनको साइत भएकाले देवी विर्सजनपछि मान्यजनबाट टीका जमरा ग्रहण गर्न सकिन्छ । सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनु उत्तम हुने समितिले जनाएको छ ।

असोज ३० गते कोजाग्रत पूर्णिमामा दशैं समापन हुन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!