आत्मारामा जुधे सुमो र मोटरसाइकल

आत्मारामा जुधे सुमो र मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका-६ आत्मारास्थित ढाट नजिक सुमो गाडी र मोटरसाइकल जुधेका छन् । खाँदबारीबाट धरान जाँदै गरेको को १ ज २९९८ नम्बरको सुमो गाडी र विपरित दिशाबाट आउँदै गरेको रा ६ प ८०२४ नम्बरको मोटरसाइकल आज बिहान ८ः४० बजे ठोक्किएका हुन । दुर्घटनामा परी मोटरसाइकल चालक पाल्पा माछाखाडी गाउँपालिका-४ घर भई कुमारी दल गुल्म हेटौडामा कार्यरत नेपाली सेनाका सिपाही २४ वर्षीय भीमबहादुर सिञ्जाली घाइते भएको प...
धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका...
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न कोषको निर्माण गर्न आवश्यक रहेको माओवादीले जनाएको छ ...
काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा केही समय अगाडि बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको काफ्लेले जानकारी दिए । उनले संगा...
विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगर । विराटनगर महानगरपालिका भित्र अधिकांश माछामासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेका पाइएको छ । महानगरपालिकाले चाडपर्व लक्षित आज गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाइ, ढकतराजु लगायतको अवस्था नियालेको थियो । सो क्रममा अधिकांश पसलले सरसफाइ कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक तराजुमा कैफियत र पसलभित्रको सरसफाइमा कमजोरी भेटिएको अन...
सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

खोटाङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहजिल्ला खोटाङका विभिन्न स्थानमा पुगेर मन्त्री राईले बाढी पहिरोले क्षति पुर्याएका ठाउँहरूको निरीक्षण गरी समस्याका विषयमा प्रभावित नागरिकहरूसँग जानकारी लिएका हुन् । उदयपुर र खोटाङ जिल्ला जोड्ने पक्की पुल बगाएको क्षेत्रमा पनि मन्त्री राईले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन...
खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

सङ्खुवासभा । सङ्खुवासभा स्थित खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । साब्लाबुङ पुस्तकालय अभियानले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको हो । एक लाख ५० हजार मूल्य बराबरको नौ सय थान पुस्तक कारागारमा हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए । कैदीबन्दीमा पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको उनले बताए । ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउ...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा तीन सय घटेर एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भ...
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् । सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर रा...
बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

विराटनगर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले कोशी प्रदेशमा चार अर्ब ६१ करोड ५० लाख बराबरको क्षति पुर्‍याएको  छ । आज भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै सडक तथा पुलमा बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुर्‍याएको बताए । मन्त्री राईका अनुसार पाँचथरमा तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । दुई वटा सडक, सडक पुल चार वटा र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको ...
एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउँछ : शेरधन राई

एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउँछ : शेरधन राई

विराटनगर । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् । एमाले विराटनगर महानगर सङ्गठन कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमा उनले यस्तो बताएका हुन् । उनले एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउने धारण व्यक्त गरे । नेता कार्यकर्ताले आफ्नो सकारात्मक उर्जा पार्टीलाई सफल बनाउन खर्च गर्नुपर्ने राईले बताए । एमाले कोशी प्रदेश...
धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-४ स्थित हिले–खोकु सडक खण्डमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काका अनुसार स्थानीय टाइजन विश्वकर्माको मृत्यु भएको हो । गएराति खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले विश्वकर्मालाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए । पिकअप चालकल...
पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथर । पाँचथरमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको हो । कुम्मायक गाउँपालिका-३ स्याब्रुम्बामा एक जनाको शव भेटिएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । उक्त शवको कम्मरमुनिको माग नभएकाले पहिचान खुल्न बाँकी रहेको साहले बताए । उनले संगालोखबरसँग भने, ‘शवको कम्मरमुनिको भाग छैन । ट...
धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हायस दुर्घटना भएको छ । काठमाडौंबाट यात्रु लिएर सङ्खुवासभाको खाँदबारी तर्फ जाँदै गरेको हायस आज दिउँसो दुर्घटनामा परेको हो । हायसमा १८ जना यात्रु थिए । जसमध्ये तीन जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भएको र अवस्था सामान्य रहेको खड्काले संगालोखबरल...
नोबेलमा स्तन क्यान्सरको उपचारमा ७५ प्रतिशतसम्म छुट

नोबेलमा स्तन क्यान्सरको उपचारमा ७५ प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्तन क्यान्सरको उपचारमा एक महिनाभर ७५ प्रतिशतसम्म छुट दिने भएको छ । स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएकाले अक्टोबर अर्थात असोज १५ देखि कात्तिक १५ गतेसम्म नोबेलले छुट दिने भएको हो । विश्वभर स्तन क्यान्सरको तथ्याङ्क भयावह छ । क्यान्सरका कारण मृत्यु हुनेमा स्तन क्यान्सर प...
ताप्लेजुङमा बुबाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङमा बुबाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङबाट बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका-१ ओख्रेका ३२ वर्षीय सुमन ओख्राबु लिम्बूलाई बुबाको हत्या आरोपमा पक्राउ गरेको हो ।  हिजो बिहान घरायसी विवाद हुँदा सुमनले बाम्फोक प्रहार गरी ५५ वर्षीय बुबा श्यामको हत्या गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारबाट श्यामको घटनास्थलमै मृत्यु भएको थियो ।  जानकारी पाउनासाथ तत्काल घटन...
काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

विराटनगर । काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको छ । आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित बीपी राजमार्गमा हायस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीका अनुसार बा ५ ख ६६१८ नम्बरको हायस अनियन्त्रित भएर नालीमा पल्टिएको हो । घाइतेहरूको सिन्धुली अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।...
‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ स्कुलको नेपाली विभागले नाटककार विजय मल्लको मनोवैज्ञानिक नाटक ‘कोही किन बर्बाद होस्’ को मञ्चन गरेको छ । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेको नाटक सफलतापूर्वक मञ्चन भएको छ । वि.सं. २०१५ मा प्रकाशित उक्त नाटकमा सम्बन्धविच्छेदले सिर्जिएको समस्या, अभिभावकको व्यस्त जीवनशैली, होस्टेल राखे छोराछोरी सुध्रन्छन् भन्ने सोचाइ, शिक्षकको भूमिकालगायतका विषयवस्तुल...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज तोलामा चार सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो । नेपाले सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि गत असोज ११ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन तोलामा एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख...
मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा रहेको कृष्ण क्रसर उद्योग नजिकैको खाल्डोमा डुबेको अवस्थामा दाजुभाइको शव भेटिएको छ । स्थानीय तोयानाथ चौलागाईँका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको शव खाल्डोमा भेटिएको हो । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । क्रसरको लापरबाहीका कारण घटना घटेको...
विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । विराटनगरमा ट्रकले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर-१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । हिजो साँझ विराटनगर-१८ आईसीपी छेउ भित्री सडकखण्डमा एउटै दिशातर्फ गइरहेको अवस्थामा ना ४ ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको मोरङका ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराट नर्सिङहोम ल्याइएकोमा चिकित...
पहिरोमा ज्यान गुमाएका परिवारलाई निर्माण व्यवसायी सङ्घ धनकुटाको सहयोग 

पहिरोमा ज्यान गुमाएका परिवारलाई निर्माण व्यवसायी सङ्घ धनकुटाको सहयोग 

धनकुटा । निर्माण व्यवसायी सङ्घ धनकुटाले पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग गरेको छ । पाख्रिबास नगरपालिकामा –५ मा पहिरोले ज्यान गुमाएका परिवारलाई सङ्घले आर्थिक सहयोग गरेको हो । गत असोज १२ गते गुराँसे डाडाँमा घर माथिबाट पहिरो झर्दा लक्ष्मीशोभा तामाङ र उनकी छोरी आशा तामाङको मृत्यु भएको थियो । सोही परिवारलाई राहत स्वरुप २० हजार सहयोग गरेको नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष प्रकाश थुलु...
साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध

साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पहिरो झर्दा धरान-धनकुटा सडक अवरुद्ध भएको छ । आज दिउँसो झरेको पहिरोका कारण सवारी आवत-जावतमा समस्या भएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले संगालोखबरलाई जानकारी दिए । साना सवारी साधन एकतर्फी सञ्चालन भइरहे पनि ठूला सवारी आवत-जावतमा समस्या भएको खड्काले बताए । प्रहरी निरीक्षक खड्काले अबको एक...
सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बाट निषेधित औषधीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त औषधी ओसार पसारमा संलग्न धरान-५ का २२ वर्षीय युवराज लिम्बू र १८ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुनेमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । काँकरभिट्टाबाट ...
अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)

अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ दुलारीमा आज बिहान दुई वटा बस जुध्दा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजे ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूको विराटनगरस्थित नोबेल अस्पताल, न्यूरो अस्पताल तथा सामुदायिक अस्पताल इटहरीमा उपचार भइरहेको मोरङका ट्राफिक प्र...
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा हात्तीको आक्रमणबाट ६५ वर्षीय वाङ्दी गुरुङको मृत्यु भएको हो । आज बिहान ९ बजेतिर जङ्गलमा घाँस काटेर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङलाई समूहमा भेला भएका जङ्गली हात्तीले लखेटेका थिए । कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शव परिवारको जिम्मा ल...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिएको हो । धनकुटा नगरपालिका-६ स्थित बीच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिदै आएको छ । मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत् र अन्य देवी स्तोत्रको पाठपारायण समेत गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिनसम्म विभिन्न देवी...
सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित दुलारीमा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । केहीबेर अघि मे १ ख २६२८ नम्बर र को १ ख ७२१६ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार घटनाको थप विवरण आउन बाँकी छ । अहिले दुर्घटनाग्रस्त गाडीलाई पन्छाएर राजमार्ग सुचारु भइसकेको...
सुनसरीको बुढीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुनसरी । सुनसरीको बुढीखोलामा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा अझै पानीको सतह बढ्ने सम्भावना छ । उक्त क्षेत्रमा पानीको जलसतह सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । विभागले उक्त क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचो भू-भागका स्थानीयलाई दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ । कोसी प्रदेशसँगै देशका विभिन्न स्थानमा आज बिहानै देखि पानी परिरहेको छ ।
मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित दुलारीमा दुई वटा बस जुधेका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस जुधेका हुन् । घाइतेहरूलाई उद्धारको काम भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना ...
आकाशमा आधा घण्टा घुमेर विराटनगर एयरपोर्टमा अवतरण भयो श्री एयरको जहाज 

आकाशमा आधा घण्टा घुमेर विराटनगर एयरपोर्टमा अवतरण भयो श्री एयरको जहाज 

विराटनगर । वर्षाका कारण अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको विमान आधा घण्टा होल्ड भएको छ । काठमाडौंबाट विराटनगर आएको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि सुरक्षित अवतरण भएको हो । विराटनगर विमानस्थलका अनुसार जहाजले आकाशमा ६ फन्को लगाएको थियो । विराटनगर विमानस्थलका प्रमुख सुभास झाका अनुसार वर्षा र हावाका कारण बन्द भएको विमानस्थल करिब बिहान साढे ८ बजेपछि खुलेको थियो ।
error: Content is protected !!