संगालोखबर
फाइल तस्बिर

विराटनगर । विद्यालय शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ ।

असार १५ गते विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएपनि त्यस अनुरूप नभएपछि महासंघले विज्ञप्तिमार्फत पुनः आन्दोलनको चेतावनी दिएको हो ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनको स्थित हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

‘यो कार्यमा बिलम्ब गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको बिलम्ब र षड्यन्त्र भएमा नेपाल शिक्षक महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गर्दछौं ।’

यसअघि ८९ दिनको शसक्त आन्दोलनपछि २०८२ बैशाख १७ गते असार १५ गते विधेयक पारित गर्नेगरी सरकारसँग महासंघको सहमति भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!